राजनीति

बालकोटमा ओली समर्थकको नारा- प्रचण्ड र माकुनेलाई फाँसी दे !

बालकोटमा ओली समर्थकको नारा- प्रचण्ड र माकुनेलाई फाँसी दे !

Featured, राजनीति
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर आज निजी निवास बालकोट गएका छन्। बुधबार दिउँसो ओलीलाई नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले बाजागाजासहित र्‍याली र प्रदर्शन गरेर बालकोट पुर्‍याएका हुन् । बालकोटस्थित ओलीको घर पुग्नै लाग्दा कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध नारावाजी गर्दै उनीहरुले ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका थिए। गत सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान बालुवाटार छोडेका हुन्।...
सरकार बनेकै पहिलो दिनदेखि कांग्रेस समर्थकको दादागिरी सुरु

सरकार बनेकै पहिलो दिनदेखि कांग्रेस समर्थकको दादागिरी सुरु

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका छन्। देउवा प्रधानमन्त्री बनेकै दिन रौतहटको राजपुर नगरपालिकामा उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका हुन्। पटाखाले राजपुर नगरपालिकाका स्थानीयवासीलाई अफ्ठ्यारो भइ रहदा केही स्थानीय घर आसपास पटाखा नपट्काउन भन्न जाँदा आफताब आलमका भाइ शेख शोयब र उनका छोराहरुले पुर्वमन्त्री राजा बाबुको भाइ बुहारी तथा भतिजहरुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट पुर्वमन्त्री राजा बाबुको भतिजहरु घाइते भइ अस्पताल भर्ना भएका छन्। उनीहरुको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ। स्थानीयहरु कांग्रेस समर्थक कार्यकर्ताहरुको यस्तो रवैयाको विरोध गरिरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। राष्ट्...
भारतीय अखबारमा देउवाको सत्तारोहणलाई प्राथमिकता

भारतीय अखबारमा देउवाको सत्तारोहणलाई प्राथमिकता

राजनीति
काठमाडौं । भारतीय अखबारहरुले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई प्राथमिकता दिएका छन् । भारतीय अखबारहरुले देउवाको सत्तारोहणका विषयमा सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको लेखेको छ । देउवाले २७५ मध्ये १४९ जनाको हस्ताक्षर बुझाउँदा पनि भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकोबारे एक्सप्रेसले टिप्पणी गरेको छ । नेपाली कांग्रेस र देउवा भारतका लागि कुनै अपरिचित व्यक्ति नभएको र भारतीय राजनीतिक संस्थापनको परम्परागत मित्र भएको एक्सप्रेसले लेखेको छ । यस्तै टाइम्स अफ इन्डियाले आफ्नो सम्पादकीयमा नयाँदिल्लीले नेपालको राजनीतिक घटनाक्रमका सम्बन्धमा तटस्थ अडान लिनुपर्ने उल्लेख गरेको छ । सो पत्रिकाले नयाँदिल्लीले सन् २०१५ मा संविधान जारी गरेपछि जस्तो हस्तक्षेप गरेको थियो, त्यसो गर्न न...
देउवा सरकारका ४ जना मन्त्रीले लिए सपथ, कसले कुन मन्त्रालय पाए?

देउवा सरकारका ४ जना मन्त्रीले लिए सपथ, कसले कुन मन्त्रालय पाए?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । प्रधानमन्त्री देउवाले आफ्नो सरकारमा ४ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीमध्ये बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् । खाँण कांग्रेसबाट मन्त्री बनेका हुन् । कांग्रेसबाट अर्का मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् भने पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेकी छन् । नवनियुक्त चारैजना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।...
नियुक्तिपत्र सच्चिएपछि प्रधानमन्त्री देउवाले लिए शपथ

नियुक्तिपत्र सच्चिएपछि प्रधानमन्त्री देउवाले लिए शपथ

Featured, राजनीति
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्तिपत्र सच्चिएपछि मात्र पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवाले मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।...
शपथका लागि शीतलनिवास पुगे देउवा

शपथका लागि शीतलनिवास पुगे देउवा

राजनीति
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेको स्राेतकाे भनाइ छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति देउवाले आपत्ति जनाएका थिए । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका थिए। राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाको आपत्ति थियो । आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए । ​साँझ ६ बजे शपथग...
देउवाको यस्तो अडानले शितलनिवासमा खैलाबैला!

देउवाको यस्तो अडानले शितलनिवासमा खैलाबैला!

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् । त तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।...
देउवाले मुख्यसचिवलाई भने, ‘राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन’

देउवाले मुख्यसचिवलाई भने, ‘राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन’

राजनीति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन्। बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् । ​आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् । देउवाले विज्ञप्ति सच्याउने निर्देशन दिएपछि यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् । समाचार तयार पार्दासम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको जानकारी आएको छैन । विज्ञप्तिबारे विवाद भएपछि ...
खाँण र कार्कीलाई मन्त्री बनाउने कांग्रेसको तयारी

खाँण र कार्कीलाई मन्त्री बनाउने कांग्रेसको तयारी

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ। स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बुढानिलकण्ठबाट शितल निवासका लागि निस्कन लागेका छन्। देउवाले आफूसँग सपथ खान कांग्रेसबाट २ जना मन्त्री बनाउन लागेका छन्। खाँणलाई गृहमन्त्री बनाउने र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ। यस्तै आज देउवाले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ र नेता पम्फा भुसाललाई ऊर्जा मन्त्री बनाउन लागेको स्रोतको दाबी छ।...
राष्ट्रपति कार्यालयको विज्ञप्ति किन बन्यो विवादित?

राष्ट्रपति कार्यालयको विज्ञप्ति किन बन्यो विवादित?

राजनीति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेश अनुसार नियुक्ति गरेको भन्ने राष्ट्रपति कार्यालयको विज्ञप्ति विवादमा परेको छ। राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्ति गरेकी थिइन्। त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो। उक्त विज्ञप्तिमा भनिएको छ- सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ /०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ। यो विज्ञप्ति विवादमा परेको हो। संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्ति गरेको हुनुपर्नेमा सर्वोच्च अदालतको फैसला बमोजिम नियुक्ति गर्नु अशोभनीय भएको संविधानविद् भीमार्जुन आचार्यले...