राजनीति

माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्दै, कसले कुन मन्त्रालय पाए?

माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्दै, कसले कुन मन्त्रालय पाए?

राजनीति
काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।...
आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु पर्यो : ओली

आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु पर्यो : ओली

राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको उल्लेख गरे । फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको ओलीले टिप्पणी गरे। यस्तै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारलाई साथ सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गर्दै भने, ‘मेरो नेतृत्वमा सञ्चालित सरकार ऐतिहासिक रूपमा सफल सरकार हो । त्यसको सफलतामा धेरैको योगदान छ।’...
‘अदालतका रेफ्रीमा खास पक्षलाई जिताउने इच्छा जागृत भयो’

‘अदालतका रेफ्रीमा खास पक्षलाई जिताउने इच्छा जागृत भयो’

Featured, राजनीति
काठमाडौँ । केपी शर्मा ओलीले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। मंगलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले अत्यधिक न्यायिक सक्रियताबाट कुनै गन्तव्यमा पुग्न नसकिने बताएका छन् । सर्वोच्च अदालतले रिट निवेदकले माग गरेको भन्दा पनि धेरै फैसला सुनाउने गरेको उल्लेख गर्दै उनले अदालतमा खराब रेफ्री हुँदा समस्या भएको बताए । ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो । तर रेफ्री स्वयंमा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ, देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘अझ सन्दर्भमै नउठेका वा बादी पक्षले मागदाबी नै नगरेका विषयमा समेत फैसला दिँदा जटिलता मात्रै बढाउँछ । ’ अहिले अदालतले संवैधानिक नैतिकताको विषय समेत उठाएको उल्लेख गर्दै आफ्ना लागि लोकतन्त्र जीवन भएको उल्लेख गर्दै आफ्नो चिन्ता राज्यका अङ्कहरूको निष्पक्षता, पवित्र...
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो । देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा ६ बजे शपथ लिँदैछन् । देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवसमूह सहभागी हुँदैछन् ।...
सर्वोच्चको आदेशविरुद्ध महेश बस्नेत, सडक आन्दोलन गर्न कार्यकर्तालाई निर्देशन

सर्वोच्चको आदेशविरुद्ध महेश बस्नेत, सडक आन्दोलन गर्न कार्यकर्तालाई निर्देशन

राजनीति
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको आजको परमादेशसँगै देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको दावी गरेका छन् । सर्वोच्च अदालतको आजको परमादेश कार्यान्वयन गर्न सम्भव नभएको जीकिर गर्दै उनले अदालतको फैसलाविरुद्ध माइतीघर अघि भेला भएर बिरोध प्रदशन गर्न नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ ।’ आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भन्दै उनले फेसबुकमा लेखेका छन्–‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाका बिरुद्ध बिरोध जनाऔं। आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्...
यस्तो छ प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

यस्तो छ प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।...
सर्वोच्च अदालतले दलीय शासन प्रणालीको हत्या गर्‍यो: प्रभु साह

सर्वोच्च अदालतले दलीय शासन प्रणालीको हत्या गर्‍यो: प्रभु साह

राजनीति
काठमाडौ। पूर्वमन्त्री प्रभु साहले सर्वोच्च अदालतको फैसलाले दलीय शासन प्रणालीको हत्या गरेर देशमा द्वन्द्व निम्त्याएको बताएका छन् । सोमबार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने अदालतको परमादेशबारे प्रतिक्रिया जनाउदै पूर्वमन्त्री साहले सर्वोच्च अदालतको संसदमा दलीय व्हिप नलाग्ने आदेश यो ब्यवस्थाकै विडम्बना भएको बताएका छन् । ग़लत संवैधानिक व्यवस्थाकै कारण आज देशमा संकट निम्तिएको पूर्वमन्त्री साहले बताए । दलीय शासन व्यवस्था प्रणालीमा दलीय अनुशासन लागू हुँदैन भन्ने निर्णय गरेर सर्वोच्च अदालतले दलीय प्रणालीको आत्माको हत्या गरेको उनको टिप्पणी छ। पूर्वमन्त्री साहले अदालतको फैसलाले दलीय प्रणालीको खुट्टा भाचिएको र व्यवस्थालाई नै अपांग बनाइदिएको बताए । "दलीय शाशन प्रणाली वर्तमान व्यवस्थाको आत्मा हो, र दलीय प्रणालीको आत्मा हो दलीय अनु...
‘नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

‘नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

राजनीति
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चको फैसला आए लगत्तै पूर्व प्रधानमन्त्री भट्टराईले सर्वोच्चलाई धन्यवाद दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले भने, ‘सर्वोच्चको फैसला सम्मानयोग्य छ । र, यो फैसलासँगै राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाइसकेका छन् । यदि उहाँहरूसँग अलिकति पनि नैतिकता बाँकी छ भने तत्कालै राजीनामा दिनुपर्छ । किनभने उहाँहरूले राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाइसक्नु भएको छ ।'...
सर्वोच्चको फैसलालगत्तै एमालेको युवा सङ्गठन सडकमा

सर्वोच्चको फैसलालगत्तै एमालेको युवा सङ्गठन सडकमा

राजनीति
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको एक घण्टा नबित्दै एमाले निकटको युवा सङ्घ सडकमा आएको छ । युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा आएको हो। राजधानीको माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए । माइतीघरमा भेला हुनका लागि एमाले नेता महेश बस्नेतलगायतले सार्वजनिक आह्वान समेत गरेका थिए ।...
पाँचौ पटक प्रधानमन्त्री बन्दै देउवा

पाँचौ पटक प्रधानमन्त्री बन्दै देउवा

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि विघटनलाई खारेज गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको सिफारिस बदर गर्दै दुई दिन भित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै देउवा अब पाँचौ पटक नेपालको प्रधानमन्त्री बन्ने भएका हुन् । देउवालाई १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा नियुक्तको मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले मुद्दा दायर गरेका थिए।...