राजनीति

देउवालाई प्रधानमन्त्रीमा सघाउँदा एमालेले माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने

देउवालाई प्रधानमन्त्रीमा सघाउँदा एमालेले माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाउँदा माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने आदेश जारी गरेको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो । अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो । यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ । सर्वोच्चले संविधानको धारा ७६ ९५० मा ह्वीप नलाग्ने पनि भनेको छ।...
संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश

संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो । गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए ।...
प्रतिनिधि सभा पुनःस्थापना गर्दै सर्वोच्चले भन्यो- २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु

प्रतिनिधि सभा पुनःस्थापना गर्दै सर्वोच्चले भन्यो- २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । फैसलामा देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ । अर्थात फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए । ३० वैशाखमा संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको ठूलो द...
सूर्य थापाको स्टाटसले माधव नेपाल त्रसित, अदालतलाई प्रभावमा पारेर एकता भाड्न सक्रिय

सूर्य थापाको स्टाटसले माधव नेपाल त्रसित, अदालतलाई प्रभावमा पारेर एकता भाड्न सक्रिय

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेमा एकताको प्रयास भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा नै सहमति भाड्न सक्रिय भएका छन्। थापाले असार २७ गते मध्यरातिको फेसबुक स्टाटसमा लेख्दै भनेका छन्,‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६- २३ = १२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुनस्स्थापना! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो! जय नेपाल । सूर्य थापाकै उक्त स्टाटसका सम्बन्धमा २०७८ असार २८ गते विहानै एमालेका नेता माधवकुमार नेपाल प्रतिक्रिया दिन बाध्य भएका छन् । नेता नेपालले फेसबुक स्टाटसबाट व्यक्त गरेको प्रतिक्रिया यस्तो छ ,‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या ग...
प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आजै आउन सक्ने

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आजै आउन सक्ने

Featured, राजनीति
काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सम्भवतः आजै फैसला गर्न सक्ने आँकलन गरिएको छ। आज संवैधानिक इजलास आज बस्न सक्ने वताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनुभएको सो इजलासमा यही असार २१ गते पक्ष तथा विपक्षको बहस सकिएको थियो । प्रधानन्यायाधीश राणाले असार २८ गते ‘हेर्दा हेर्दै’ को रूपमा इजलास बस्ने वताएका थिए । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरूले असार २१ गतेयता कुनै पनि इजलासमा बसी मुद्दाको सुनुवाइ गरेका छैनन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित विघटित प्रतिनिधिसभाका एक सय ४६ सांसदहरूले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा बहुमत सांसदको हस्ताक्षर भएर पनि राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरि...
माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर, विघटन गर्नुपर्ने माग खारेज

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर, विघटन गर्नुपर्ने माग खारेज

राजनीति
काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूतर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादीविरुद्ध आयोगमा निवेदन दिएका थिए । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउँदै खारेज गर्न माग गरेका थिए । यसै बिषयमा आइतबार आयोगले माओवादी केन्द्रविरुद्ध परेको निवेदनमाथि छानबिन गर्दै माओवादी विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। ‘माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको छ । यसविरुद्ध परेको निवेदन खारेज भएको छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने। आयोगमा निवेदन परेपछि पूर्वमाओवादी नेताहरू पनि आयोग पुगेका थिए । टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरील...
कम्युनिष्ट सरकारका कारण मुलुक बन्धक भयो : सांसद पन्थ

कम्युनिष्ट सरकारका कारण मुलुक बन्धक भयो : सांसद पन्थ

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले कम्युनिष्ट सरकारका कारण मुलुक बन्धक भइरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै सांसद पन्थले कम्युनिष्ट सरकार, कोरोना र प्रकोपको ताण्डपबाट मुलुक र जनताले कहिले मुक्ति पाउँछन् भन्दै प्रश्न गरे। कम्युनिष्टका कारण मुलुक बन्धक भइरहेको छ’ पन्थले प्रश्न गरे, ‘कम्युनिस्टका नाटक र नौटङ्कीबाट मुलुकले कहिले निकास पाउँछ ?’ सभामा सांसद पन्थले नागरिकले समयमै खोप नपाएको, किसानले समयमै मल नपाएको, समयमै बाढी पहिरो रोकथामको उपाय अपनाउने र अध्ययन गर्नेतिर ध्यान नदिएको आरोप लगाए । यस्तै, सरकारले कोरोना उपचारमा मनोमानी शुल्क लिने गरेको चौतर्फी सुन्दा पनि नसुनेझैँ गरेको भन्दै चर्को आलोचना गरे।...
राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुनुपर्ने एमाले उपाध्यक्ष गौतमको माग

राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुनुपर्ने एमाले उपाध्यक्ष गौतमको माग

राजनीति
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताएका छन् । नेता गौतमले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने व्यवस्थाका लागि सभाले प्रस्ताव पारित गर्न जरुरी रहेको धारणा व्यक्त गरे। राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेता गौतमले भने, ‘राष्ट्रियसभामा यदि हलले आवश्यकता ठान्छ र मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामी आज यो पास गरौँ, आगामी आर्थिक वर्षको बजेट वक्तव्य यहीँ आएर अर्थमन्त्रीले प्रस्तुत गर्नुस् । यहाँबाट छलफल गरेर पारित गर्न पाइयोस् ।’ संविधानमा प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभाको मानमर्यादामा कमी नरहेको र यसमा सिङ्गो राष्ट्रको प्रतिनिधित्व रहेको उनले बताए । ‘अहिले प्रतिनिधिसभा छैन, स...
‘प्रधानमन्त्रीले केही नेतालाई दिग्भ्रमित पारी जसपा फुटाउन खोजे’

‘प्रधानमन्त्रीले केही नेतालाई दिग्भ्रमित पारी जसपा फुटाउन खोजे’

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाएकी छिन्। राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रमिलाले माग सम्बोधनको झुटो आश्वासन दिएर जसपाका केही नेतालाई दिग्भ्रमित पारी प्रधानमन्त्री पार्टी विभाजन गर्न लागेको आरोप लगाइन्। ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशम चौधरीको रिहाई, नागरिकता ऐन संशोधन लगायत मधेशका समस्या समाधानमा संविधान संशोधन लगायतका माग पूरा गर्ने झुटो आश्वासन दिएर जसपाका केही नेतालाई दिग्भ्रमित पारी पार्टी विभाजन गर्न लाग्नुभएको छ,’ उनले भनिन्। आफ्नो पार्टीको विवाद मिलाउन नसक्ने, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीबाट मधेशका समस्या समाधान हुने कल्पना पनि गर्न नहुने उनको भनाई थियो। ‘हाम्रो राजनीतिक मुद्दा सुन्नै नचाहने प्रमलाई विश्वास गर्नु मधेशलाई धोका दिनु हो। हामी सबै ए...
‘म केपी ओलीतिर गएको छैन’

‘म केपी ओलीतिर गएको छैन’

Featured, राजनीति
काठमाडाैं । नेकपा (एमाले)का नेता वामदेव गौतमले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटमा नलागेको बताएका छन्। आइतबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै गौतमले केही समयअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा गएकै आधारमा ओलीतिर गएको आरोप नलगाउन आग्रह गरे। आफू कुनै समूहमा नभइ एमालेमा भएको उनले प्रस्ट पारे। 'पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सभामा म गएको भनी धेरै आलोचना भयो। वामदेव केपीतिर गयो भनियो। म यो सभामार्फत् सबैलाई भन्न चाहन्छु म कुनैतर्फ होइन, एमाले हो त्यही प्रमाण पेस गर्न गएको हो,' उनले भने। एमालेभित्रको विवाद समाधान गर्न कार्यदलले काम गरिरहेको र आज साँझसम्म खुसीको खबर आउने अपेक्षा उनले व्यक्त गरे। 'ठूलो घरको ठुलै चाल भनेझैँ अहिले हाम्रो पार्टीको विवाद जताततै चर्चा छ। ठूलो पार्टी भएको नाताले हाम्रो पार्टी कहिले नेकपा कह...