राजनीति

दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी, आचार्य ऊर्जामन्त्री

दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी, आचार्य ऊर्जामन्त्री

राजनीति
कास्की । गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन । दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालयको विषयलाई टुङ्गो लगाएका छन् । यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनु पर्ने माग गर्दै आएका थिए । विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेत...
‘नेपाल वायुसेवा निगम निजीकरण गर्नु अत्यन्त निन्दनीय र घृणित’

‘नेपाल वायुसेवा निगम निजीकरण गर्नु अत्यन्त निन्दनीय र घृणित’

राजनीति
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नु अत्यन्त निन्दनीय र घृणित रहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् । आइतबार ४ बुँदे अपील जारी गर्दै भट्टराईले निगमलाई निजीकरण गर्ने सरकारी प्रयासलाई ‘अत्यन्त निन्दनीय र घृणित’ कदमको संज्ञा दिएका हुन् । ‘नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट जुन प्रपञ्च हुन गइरहेको छ, त्यो अत्यन्त निन्दनीय र घृणित रहेको छ,’ सार्वजनिक अपिलमा भनिएको छ, ‘यसको भित्री अभिष्ट भनेको उनको नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोष्नु रहेको छ ।’ भट्टराईले भनेका छन्, ‘क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ ? आफू सरकारमा रहने अनि आफैले उड्डयन व्यवसाय सम्बन्धमा क...
यो वर्षको अन्त्यसम्म सबै जनताले खोप पाउँछन् : प्रधानमन्त्री ओली

यो वर्षको अन्त्यसम्म सबै जनताले खोप पाउँछन् : प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरूद्ध खोपको अभाव नहुने बताएका छन्। आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै उनले खोप आउनेक्रम सुरू भइसकेले सन् २०२१ को अन्त्यसम्म मोटामोटी रूपमा खोप लगाइसक्ने दावी गरे । उनले भेन–‘भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ। हिजो कि अस्तीको दिन पनि भ्याक्सिन आयो । भोलि पनि भ्याक्सिन आउँछ। त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँछन्। भ्याक्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँनयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेका छौं।’ प्रधानमन्त्री ओलीले भ्याक्सिन ल्याउन संवादहरू जारी राखेको पनि बताए। ‘अब जनतामा सचेतनाको पनि मात्रा बढेको छ। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने–‘लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लग...
‘अहिलेको अवस्थाको राजनीतिक निकास दिनको लागि चुनाव अनिवार्य’

‘अहिलेको अवस्थाको राजनीतिक निकास दिनको लागि चुनाव अनिवार्य’

Featured, राजनीति
काठमाडौँ । अहिलेको अवस्थाको राजनीतिक निकास दिनको लागि चुनाव अनिवार्य रहेको विभिन्न वक्ताहरुले बताएका छन्। मधेश सम्वाद समूह नेपालको आयोजनामा संसद विघटनमा जनताको सरोकार विषयक भर्चुअल अन्तरक्रियामा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. दीपक गजुरेल, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो र वरिष्ठ पत्रकार ध्रुव हरि अधिकारीले वर्तमान समयको राजनीतिक विवादको निकास दिनको लागि चुनाव अनिवार्य रहेको बताएका छन्। डा. गजुरेलले संसद संविधान भन्दा बाहिर जान नहुने बताएका छन्। 'यदि संविधान भन्दा बाहिर गयो वा कानुनको उल्घंन गर्यो भने अदालतले संसदले पारित गरेको कानुन पनि खारेज गरिदिन सक्छ। त्यो विशिष्ठ अधिकार अदालतलाई हुन्छ। प्रजातान्त्रिक प्रणालीमा संविधानले प्रष्टसँग बाँडफाँड गरि दिएको अधिकार क्षेत्र जुन हुन्छ, कार्यपालिकालाई दिएको अधिकार, व्यावस्थापिकालाई दिएको अधिकारमा अदालतले कहिले पनि हस्तक्षेप गर्दैन।,'उ...
‘हस्ताक्षर फिर्ता हुँदैन’

‘हस्ताक्षर फिर्ता हुँदैन’

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता नहुने बताएका छन् । नेता नेपालले एक अनलाइन पोर्टलसँग कुराकानी गर्दै भनेका छन्, ‘हस्ताक्षर फिर्ता हुँदैन । अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन ।’ एमाले विवाद समाधान गर्न गठित कार्यदलले वार्ता निष्कर्षमा पुगेको बताइरहेको अवस्थामा नेपालको यस्तो भनाइ आएको हो । अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि देउवालाई समर्थन गरेको हस्ताक्षर फिर्ता हुन पर्ने अडान राख्दै आएका छन् । तर, नेता नेपालले सहमतिमा बेइमानी र धोकाधडी नहने बताएका छन् । उनले भने, ‘पार्टी एकताको लागि सहमति हुनसक्छ । तर विगतमा भएको सहमतिबाट पछि हट्न सकिँदैन । मेरो बटमलाइन यही हो ।’ उनले अरूलाई धोका दिएर कुनै सहमति नहुने समेत बताएका छन् । हस्ताक्षर फिर्ता लिएमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता हुनुपर्ने अडान नेपाल ...
गोकुल बाँस्कोटाको कटाक्ष : कांग्रेसले सभापति अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त ?

गोकुल बाँस्कोटाको कटाक्ष : कांग्रेसले सभापति अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त ?

Featured, राजनीति
काठमाडौँ । पूर्व मन्त्री तथा एमालेका नेता गोकुल बाँस्कोटाले कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा कांग्रेस सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढ वर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन्। त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा हुँदैन रे, देउवा पनि सभापति नबन्ने रे । सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त? रामचन्द्रज्यूलाई जहिल्यै सकस!!!’...
दक्षिण एशियाका देशहरूले खोप पाए, नेपालले किन पाएन ?

दक्षिण एशियाका देशहरूले खोप पाए, नेपालले किन पाएन ?

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड–१९ वरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन् । दक्षिण एशियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्र्तगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको, श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको सांसद देवले बताए । यही सन्दर्भमा सरकार किन फेल भयो ? भन्ने प्रश्न उनले गरे । उनले भने,‘नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा फेल भएको स्थिति छ । कुटनीतिक प्रयासहरू फेल भएकोे छ । यो कसरी भयो किन फेल भय...
माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारी

माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारी

Featured, राजनीति
काठमाडौं । माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिन लागेका हुन् । सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको थियो । त्यही कारणका कारण उनीहरुको सांसद पद गयो । अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरुको पद गएको एक नेताले दाबी गरे ।...
प्रभु साहकी पत्नीलाई प्रधानमन्त्रीको फोन

प्रभु साहकी पत्नीलाई प्रधानमन्त्रीको फोन

राजनीति
रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई फोन गरेका छन् । दुई दिनअघि आफूलाई अकस्मात प्रधानमन्त्री ओलीको फोन आएको उनले बताइन् । फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो हालखबर सोधेको उनले जानकारी दिइन् । करिब १५ मिनेटको फोनवार्ताको क्रममा स्थानीय राजनीति, मौलापुर नगरको विकास, बाढी डुबान लगायतको विषयमा प्रधानमन्त्रीले चासो राखेको उनले बताइन् । प्रधानमन्त्रीले आफू र आफ्नो परिवारको हालखबरबारे पनि जिज्ञासा राखेको मेयर साहको भनाइ छ । ‘प्रधानमन्त्री ओलीले तपाईको कतिजना नानीबाबु छन्, कति वर्षका भए कुनकुन कक्षामा पढ्दैछन् भनेर सोध्नुभयो,’ उनले भनिन्, ‘मैले सहजरूपमा जवाफ दिएँ ।’ अविरल वर्षा र बाढीले रौतहट डुबानमा परेको समय प्रधानमन्त्री ओलीले जिल्लाको अवस्थाबारे बुझ्न आफूलाई फोन गर्नु गौरवको विषय भएको मेयर साहको भनाइ ...
विप्लवका केन्द्रीय सदस्य ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

विप्लवका केन्द्रीय सदस्य ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

राजनीति
काठमाडौँ । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो । आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता रहेको बताइएको छ । उनीहरु हाल अछाम र बाजुरा कारागारमा रहेका छन् । विप्लव नेतृत्वको नेकपासँग सरकारले तीन महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज सो आदेश दिएको हो ।...