राजनीति

कुलमानको नियुक्तिमा सरकारले नै कीर्ते गरेको खुलासा, पद धरापमा

कुलमानको नियुक्तिमा सरकारले नै कीर्ते गरेको खुलासा, पद धरापमा

राजनीति
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्दा कीर्ते गरेको पाइएको छ । घिसिङको नियुक्तिमा सरकारले गलत बाटो प्रयोग गरेको खुलेको हो । कुलमान घिसिङलाई गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले सरकारसँग जवाफ मागेपछि पठाइएको पत्रमा नै घिसिङलाई गलत बाटोबाट नियुक्ति गरेको प्रष्ट देखिन्छ । शाक्यले आफू प्राधिकरणको एमडी बहाल रहँदा नै घिसिङलाई एमडी नियुक्ति गरिएको कारण घिसिङको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै साउन ३२ गते सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले सर्वोच्चलाई पठाएको पत्रलाई नै आधार मान्ने हो भने कानुनतः अहिलेसम्म प्राधिकरणमा दुई जना प्रमुख (एमडी) देखिन्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्चलाई पठाएको जवाफमा निवर्तमान एमडी हितेन्द्रदेव शाक्यको पद बदर गरिएको व्यहोरा उल्ल...
लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे सञ्चार विधेयक फिर्ता हुने

लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे सञ्चार विधेयक फिर्ता हुने

राजनीति
दाङ । लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे संचारमाध्यमसम्बन्धी विधेयक फिर्ता हुने भएकाे छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र जेल सजाय गर्नसक्ने व्यवस्था कायम गर्ने गरी विधेयक अगाडि बढाएपछि तीव्र आलोचना भएको थियो । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले विधेयक फिर्ता गरेर समयानुकुल बनाइने बताए । ‘विधेक फिर्ता लिएर सञ्चारमैत्री बनाउँछौँ,’ उनले भने, ‘विधेककै कारण पत्रकारलाई आन्दोलनमा उतार्ने काम हुँदैन ‘ मिडियाले स्वीकार्ने गरी विधेयक आउँछ ।’...
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

Featured, राजनीति
काठमाडौं । सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या बारे अध्ययन गरि प्रतिवेदन बुझाउने बैठक पछि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्य जाँचबुझ समिति गठन गरेको छ । समितिमा प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य र...
नेपाली भूमीमा चीनले भवन बनाएको सम्बन्धमा अध्ययन गर्न सरकारले बनायो समिति

नेपाली भूमीमा चीनले भवन बनाएको सम्बन्धमा अध्ययन गर्न सरकारले बनायो समिति

Featured, राजनीति
काठमाडौं । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने ।’ के हो हुम्लाको विवाद ? २०७७ असोजमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेर ९ वटा भवन बनाएको दाबी सार्वजनिक भएको थियो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको सरकारी टोलीले स्थलगत अध्ययन पनि ग¥यो । त्यसको प्र...
राजदूत बन्न तुइन प्रकरणमा सुधीर शर्माको प्रोपोगन्डा

राजदूत बन्न तुइन प्रकरणमा सुधीर शर्माको प्रोपोगन्डा

राजनीति
काठमाडौं । दार्चुला घटनाबारे छानबिन गर्न गठित समितिले गृह मन्त्रालयलाई हिजो मात्र प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा जयसिंह धामी महाकाली नदीमा खस्नुमा एसएसबीको हात रहेको/नरहेको बारे केही बोलिएको छैन। उक्तप्रतिवेदनमा थप अनुसन्धानको लागि सिफारिस गरिएको छ। यसको अर्थ धामी बेपता प्रकरणमा एसएसबीको समलग्न्ता अझै पुष्टि हुनसकेको छैन। तर कान्तिपुरका सम्पादक सुधिर शर्माले भन्ने आफै न्यायाधीश भइ सो प्रकरणमा एसएसबी नै दोषी रहेको ठोकुवा गर्दै आएका छ्न। एकप्रकारले उनले छानविन समितिमाथि नै दबाब सृजना गर्ने गरी मिडिया ट्रायल चलाइरहेका छ्न । कारण के ? उनीसँगै काम गरिरहेका एक वरिष्ठ पत्रकारको अनुसार नेपाल-भारत सम्बन्ध बिगारेर शर्मा आफू चिनियाँ राजदूत बन्ने दाउमा लागेका छ्न्। शर्मा निकट स्रोतको अनुसार उनी चीनलाई खुसी पारी आफुलाई चिनियाँ राजदूत बनाउन नेपाल-भारत सम्बन्धलाई विगार्न परिचालित भएका छ्न।...
एकीकृत समाजवादीले मापदण्ड बनाएरै मन्त्रीहरु छनोट गर्ने

एकीकृत समाजवादीले मापदण्ड बनाएरै मन्त्रीहरु छनोट गर्ने

Featured, राजनीति
काठमाडौं । नवगठित पार्टी नेकपा एकीकृत समाजवादीले मादण्ड बाएर सरकारमा सहभागी मन्त्रीहरुको छनोट गर्ने भएको छ। मन्त्रीका आकांक्षीहरु धेरै भएका कारण निश्चित मापदण्डका आधारमा छनोट गर्न लागिएको बताइएको छ। समाजवादीले पार्टीले सरकारमा सामेल हुनका लागि निश्चित मापदण्ड तयार पार्ने र सो मापदण्डमा टेकेर मन्त्रीका लागि प्रस्ताव गर्ने एक नेताले जानकारी दिए। यसअघि पार्टी सदस्यताका लागि पनि सो पार्टीले मापदण्ड निर्धारण गर्दै सरकारी कर्मचारी, शिक्षक तथा प्राध्यापक, भ्रष्टाचारीलाई पार्टीको सदस्यता नदिने नीति सार्वजनिक गरेको थियो। मापदण्डमा भुगोलसहितको समावेशीता र इतिहास र वर्तमान सबै कुरालाई समेटिने ती नेताले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी गरिरहेका छन्। मन्त्री बन्न चाहनेहरुको लामो लर्को भएपछि सत्तागठबन्धनका दलहरुले मन्त्रीको नाम दिन सकेका छैनन्।...
लुम्बिनीमा मन्त्रालय बढाएर १३ पुर्‍याइयाे

लुम्बिनीमा मन्त्रालय बढाएर १३ पुर्‍याइयाे

राजनीति
बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले ११ बाट बढाएर १३ पुर्‍याएको हो । मन्त्रीको आकांक्षी धेरै भएपछि सरकारले मन्त्रालय फुटाएर १३ पुर्‍याएको हो । मन्त्रालय बढाएपनि मन्त्रिपरिषद विस्तार हुन अझै एक साता लाग्ने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले २८ साउनमा सपथ लिएसँगै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यसमध्ये ३ जना मन्त्री अझै विना विभागीय छन् । लुम्बिनीमा चार दलीय गठबन्धनको मिलिजुली सरकार बनेको छ ।...
ओली-सापकोटाबीच विद्रोहको संकेत, एमालेले कारवाही गरेका १४ सांसद नहटाउने सभामुखको निर्णय

ओली-सापकोटाबीच विद्रोहको संकेत, एमालेले कारवाही गरेका १४ सांसद नहटाउने सभामुखको निर्णय

Featured, राजनीति
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले ह्वीप उल्लंघनको आरोपमा नेकपा एमालेले निष्कासन गरेका १४ जना सांसदहरूको पद रिक्त नगर्ने निर्णय गरेका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि उनीहरु अर्कै दल दर्ता गरी आएकाले सभामुख सापकोटाले कारबाही गर्नु नपर्ने निर्णय गरेका हुन्। ती सांसदहरूले राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी निर्वाचन आयोगबाट प्राप्त भइसकेका कारण पदमुक्त नगर्ने निर्णय भएको पाण्डेको भनाइ छ। नेकपा एमालेले भदौ १ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहित १४ जना सांसदहरू मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ ...
एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले दियो समय सीमा

एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले दियो समय सीमा

Featured, राजनीति
काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ । आयोगका पदाधिकारीहरुको आज बसेको बैठकले दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिने निर्णय गरेको हो । नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएका छन् । सरकारले हालै ल्याएको अध्यादेशअनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याए दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि यी दुबै दल विभाजित भई यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् । अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भएअनुसार भदौ २२ गतेभित्र दुबै दलका जनप्रतिनिधिले...
कांग्रेस महाधिवेशन : निर्वाचन समितिले पायो ३८ जिल्लाको क्रियाशील सदस्यता सूची

कांग्रेस महाधिवेशन : निर्वाचन समितिले पायो ३८ जिल्लाको क्रियाशील सदस्यता सूची

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका हुन् । १४ औं महाधिवेशन प्रक्रिया सुरु हुन ८ दिन मात्रै बाँकी छ । तर ७७ जिल्लामध्ये ३९ जिल्लाको क्रियाशील सदस्यको नामावली अन्तिम चरणमा पुगेको एक नेताले बताए । ‘अरु जिल्लाको काम पनि भइरहेको छ, अब चाँडै त्यसलाई अन्तिम रुप दिन्छौं,’ ती नेताले भने, ‘समयमै क्रियाशील सदस्यता सूची वडा तहमा पुग्छ ।’ निर्वाचन समितिलाई वडा, पालिका, क्षेत्रीय (प्रदेश र प्रतिनिधिसभा) र जिल्ला अधिवेशनका लागि चारप्रति क्रियाशील सदस्य नामावली बुझाएको छ । निर्वाचन समितिलाई बुझाइएको क्रियाशील सदस्यको नामावलीम...