राजनीति

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

Featured, राजनीति
काठमाडाैं । सरकारले दार्चुला जिल्लामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला जिल्लामा तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका दार्चुला जिल्ला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतस्वरुप १० लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । त्यस्तै बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सम्धीखर्क, गोरुसिंगेको १३२ केभि प्रसारण लाइन आयोजना अन्र्तगत प्रसारण लाइनको केन्द्र रेखाबाट दाँया ९ मिटर बाँया ९ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने नीजि जग्गा लगायतका अन्य संरचनाहरुलाई क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ । त्यसैगरी विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्...
कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने अभियानमा लाग्न माधव नेपालको अपिल

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने अभियानमा लाग्न माधव नेपालको अपिल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मुलुक र जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरेको छ । पार्टीका अध्यक्ष माधव नेपालले निर्वाचन आयोगमा सनाखत गरिएपछि प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन समेत गरेका छन् । सो दलले कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाउँदै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरिएको जनाएको छ । नेकपा एमालेबाट अलग भएका नेताहरु सम्मिलित सो दलका तर्फबाट बुधबार निर्वाचन आयोगमा सनाखत गरिएपछि प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरिएको छ । सनाखतमा सङ्घीय सं...
एमालेका यी चार सांसदको पद धरापमा

एमालेका यी चार सांसदको पद धरापमा

Featured, राजनीति
काठमाडौं । नेकपा एकीकृत समावजादी पार्टीका लागि सनाखत गर्न गएका एमालेका ४ सांसदको पद धरापमा परेको छ। बुधबार आयोगमा सनाखत गर्न गएका ४ सांसदले सनाखत गर्न नपाएपछि सांसद पद धरापमा परेको हो। एमाले पार्टी छाडेर माधव नेपालको नयाँ पार्टीमा मोडिएका सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्ट यतिबेला अप्ठ्यारोमा परेका छन्। माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा उनीहरुले हस्ताक्षर गरेका थिएनन्। आयोगले कानुनअनुसार दल दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाले सनाखत गर्न नपाउने बताएको थियो। शुरुमा नेपाल समूहमा नलागी पछि निवेदन दिएका चार सांसदमध्ये पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद हुन्। भट्ट राष्ट्रियसभा सदस्य हुन्। आयोगले सनाखत गर्न नदिने बताएपछि नेताहरु र आयुक्तबीच चर्काचर्कीसमेत...
ओलीले दिए प्रचण्डलाई चेतावनी

ओलीले दिए प्रचण्डलाई चेतावनी

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकार सम्मेलनमै चेतावनी दिएका छन् । बुधबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष प्रचण्डले झुट बोलेको दाबी गरे। उनले अध्यक्ष प्रचण्डलाई देशका अगाडि बेइमानी कुरा नगर्न पनि चेतावनी दिए । त्यस्तै उनले आफूले पहिला जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दाबी समेत गरे । आफ्नो नेतृत्वको सरकारलाई कामै गर्न नदिएको बताउँदै उनले वर्तमान सरकार विकास निर्माणको काम ठप्प पारेको आरोप लगाए ।...
एमाले विभाजनको बाछिटा : प्रदेश १ मा मुख्यमन्त्री फेर्न एमाले संसदीय दलको बैठक बस्दै

एमाले विभाजनको बाछिटा : प्रदेश १ मा मुख्यमन्त्री फेर्न एमाले संसदीय दलको बैठक बस्दै

Featured, राजनीति
काठमाडौं । नेकपा एमाले विभाजनको असर प्रदेश सरकारमा पनि पर्न थालेको छ । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि आजै एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ । एमाले संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिने तयारी छ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको एक नेताले बताए । मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले ...
पार्टी औपचारिक रुपमा फुटेसँगै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

पार्टी औपचारिक रुपमा फुटेसँगै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Featured, राजनीति
काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठक मध्याह्न १२ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बस्नेगरी बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमहरुको सम्बन्धमा छलफल हुने जनाइएको छ । बुधवार एमाले औपचारिक रुपमा विभाजन भएसँगै एमाले केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । एमालेबाट अलग्गिएर ५५ जना केन्द्रीय कमिटी सदस्यहरुले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई साथ दिएका छन् ।...
अन्ततः एमाले फुटाउन सफल भए प्रचण्ड, अबको गुरुयोजना के ?

अन्ततः एमाले फुटाउन सफल भए प्रचण्ड, अबको गुरुयोजना के ?

राजनीति
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड, नेपालको राजनीतिमा यो नाम एक इतिहास हो। दश वर्षे शसस्त्र द्वन्द्वमा माओवादीको कमाण्ड सम्हालेका प्रचण्डलाई उनका प्रशंसकहरुले गणतन्त्र नेपालको नायकका रुपमा पनि चित्रित गरेको पाइन्छ। जे भए पनि नेपालमा गणतन्त्र स्थापनामा उनको उल्लेख्य योगदान रह्यो। सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने। प्रचण्ड लामो समय नेपाली राजनीतिको केन्द्रमा रहे। जसका कारण उनी २०७घ सालमा दोस्रो पटक प्रधानमन्त्री बने। नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि उनी केही समय राजनीतिक क्षेत्रमा ओझेलमा परेको टिप्पणी गरिन थालियो। नेकपाभित्रको आन्तरिक कहलका कारण तत्कालिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह शुरु गरे। नेकपाभित्रको विद्रोहले नेपाली राजनीतिमा ठूलो उतारचढाव ल्यायो। त्...
माधव नेपाल र महन्थ ठाकुर नेतृत्व पार्टीले पाए दलको मान्यता

माधव नेपाल र महन्थ ठाकुर नेतृत्व पार्टीले पाए दलको मान्यता

Featured, राजनीति
काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्‍याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेको हो । त्यस्तै, जसपाको आधिकारिकता गुमाएपछि महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा केन्द्रीय क...
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो दलको वैधता

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो दलको वैधता

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् । यद्यपि दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ ।   नेकपा एमालेले आफूले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांस...
गण्डकीका मुख्यमन्त्री पोखरेललाई २५ लाख ऋण (सम्पत्ति विवरण)

गण्डकीका मुख्यमन्त्री पोखरेललाई २५ लाख ऋण (सम्पत्ति विवरण)

राजनीति
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद् विस्तार भएको दुई महिनापछि मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार वेबसाइटमार्फत नौ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गण्डकीमा ११ मन्त्री छन् । युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । कृषि विकास बैंकबाट २०७६ मा उनले उक्त ऋण लिएका थिए । तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा उनले आम्दानी देखाएका छन् । पोखरेलसँग पाँच तोला सुन छ भने श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँको एउटा घर छ । मुख्यमन्त्री पोखरेलको नाममा काठमाडौं र तनहुँमा जग्गा रहेको छ...