राजनीति

माओवादी केन्द्रमा नेताहरुको कार्यविभाजन : कुन नेताले कहाँ जिम्मेवारी पाए ? (सूचीसहित)

माओवादी केन्द्रमा नेताहरुको कार्यविभाजन : कुन नेताले कहाँ जिम्मेवारी पाए ? (सूचीसहित)

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ । जसअनुसार अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका छन् भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा बाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्ण बहादुर महरा, संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका छन् । यसैगरी स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल रह...
नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत आज हुँदै

नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत आज हुँदै

Featured, राजनीति
काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार (आज) बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ । आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो । यता नेकपा एमालेले भने माधवकुमार नेपाल पक्षले दर्ता गर्न लागेको दललाई मान्यता नदिन आयोगलाई दबाब दिएको छ । मंगलबार निर्वाचन आयोग पु...
कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा के भयो ?

कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा के भयो ?

Featured, राजनीति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए । भदौ २ गते पेसीमा चढे पनि उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यसपछि मंगलबारको पेसीमा अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश भएको हो ।...
माधवको साथ छाडेका रावल, भुसाल र पाण्डेलाई ओलीले दिए महत्त्वपूर्ण जिम्मेवारी

माधवको साथ छाडेका रावल, भुसाल र पाण्डेलाई ओलीले दिए महत्त्वपूर्ण जिम्मेवारी

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न सो कार्यदल बनाएको हो। कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथाा लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको ज्ञवालीले बताए। माधव नेपालको पार्टीमा गएकाहरुको हकमा कार्यदलले टुंगो लगाउने भएको छ। त्यस्तै केन्द्रीय निकाय र विभागहरुलाई पूर्णता दिने पनि यही कार्यदललाई जिम्मा छ। सदस्यता नवीकरणलाई पनि २०७५ जेठ २ गतेको सदस्यतालाई आधार...
सप्तरीमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

सप्तरीमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

राजनीति
सिरहा । राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराजमामा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ । अभियानका जिल्ला संयोजक शिवशंकर शास्त्रीको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको पुतलासमेत दहन गरेको छ । अभियानले  राजविराजमाको बजार हुँदै निकालेको र्‍याली सहिद चोकमा पुगी कोणसभामा परिणत भएको थियो । र्‍यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाइएको थियो । उक्त विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउन खोज्ने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर ...
भाजपा विदेश विभाग प्रमुख भन्छन् – नेपालका सबै नेता भारतसँग सुदृढ सम्बन्ध चाहन्छन्

भाजपा विदेश विभाग प्रमुख भन्छन् – नेपालका सबै नेता भारतसँग सुदृढ सम्बन्ध चाहन्छन्

राजनीति
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश विभाग प्रमुख विजय चौथाइवालेले आफूले भेट गरेका सबै राजनीतिक दलका शीर्ष नेताले भारतसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गरेको बताएका छन् । आइतबार नेपाल भ्रमणमा आएका उनले आइतबार र सोमबार नेपालमा प्रमुख राजनीतिक दलहरुसँग भेटवार्ता गरेका छन् । आज पनि उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आफ्नो भेटबारे एक संक्षिप्त प्रेस नोट सार्वजनिक गर्दै चौथाइवालेले नेताहरुसँग फरक र विविधता रहेपनि एउटा साझा विषय चाहिं सबै नेताले भारतसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको धारणा व्यक्त गरेको बताएका छन् । नेपालका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपक्षीय सम्बन्ध राम्रो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । उनले भनेका छन, ‘सबै नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत र नेपाल बीचको सम्...
वार्ता र सहमतिका भ्रममा नपर्न माधव नेपालको अपिल

वार्ता र सहमतिका भ्रममा नपर्न माधव नेपालको अपिल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन अपिल गरेका छन् । सोमबार चन्द्रागिरि पुगेका नेता नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गरेका हुन् । पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको सन्दर्भमा पटकपटक बेइमानी र धोखाधडीको निरन्तरता स्वरूप नै वार्ता र सहमतिका भ्रमपूर्ण समाचार सार्वजनिक भइरहेको नेता नेपालले अपिलमा उल्लेख गरेका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाललाई छाडेका स्थायी कमिटी सदस्यहरूबीच बालकोटमा छलफल भएर १० बुँदे सहमति कार्यान्वयन गर्न मंगलबार स्थायी कमिटी बैठक बोलाइएको थियो । अध्यक्ष नेपालले भने ती कुरा छलकपटपूर्ण रहेको बताएका छन् । उनले फेसबुकमार्फत् अपिल गर्दै भनेका छन्, ‘यसप्रकारका छलकपटपूर्ण समाचार...
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

राजनीति
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् । निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो । नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए । सुवेदीको शपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,मन्त्रीहरू प्रदेशसभा सदस्यहरू प्रहरी सेना तथा मन्त्रालय तथा कार्यालयका सचिव तथा प्रमुखहरुको उपस्थिति रहेको थियो ।...
यस्तो छ नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र पार्टी नियमावली

यस्तो छ नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र पार्टी नियमावली

Featured, राजनीति
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ । नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए । ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको संघीय सांसद रामकुमारी झाँक्रीले रातोपाटीलाई बताइन् । उनले चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ ।...
एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

Featured, राजनीति
काठमाडौं । मंगलबार नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने नेकपा एमालेले जानकारी दिएको छ। मंगलबारको बैठकमा पार्टी एकता, तेस्रो धारका नेताहरु माग, १० बुँदे सहमति कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। बैठकले सोही १० बुँदे सहमति अनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने गरी कार्यतालिका बनाउन सक्ने अनुमान गरिएको छ। ओली र नेपाल पक्षका ५–५ जना नेताहरु सम्मिलित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि २७ असारमा १० बुँदे सहमति तयार ...