माधव नेपालले भने- पहिले दल दर्ता अनिमात्र वार्ता, दोस्रो तहका नेता ओलीको टाङमुनि छिरे
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब एमाले एकताका लागि वार्ता दुई फरक दलका रुपमा मात्र हुने बताएका छन् । चन्द्रागिरी हिल्स रिसोर्टमा आफू निकट केन्द्रीय सदस्य र सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले अब निर्वाचन आयोगमा दल दर्तापछि मात्र वार्ता हुने बताए ।
नेपालको भनाइ उदृत गर्दै एक नेताले भने,'अब सबैभन्दा पनि नेकपा (एकीकृत समाजवादी) दर्ता अनिमात्र एमालेसँग वार्ता । अब एकता भयो भने भोलि कुनै विन्दूमा दुई पार्टीबीच हुन्छ तर एमाले एकताको च्याप्टर क्लोज भयो।'
नेपालले १० बुँदे सहमति जालझेलमात्र थियो भन्दै दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेको आरोप लगाए । भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरु पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो ।
नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत...








