माधव नेपालको साथ छाडेका ९ नेताले भने- ‘यसकारण पार्टी फुट्यो’
काठमाडौं । नेकपा एमालेका ९ जना नेताले पार्टीको पछिल्लो अवस्थाबारे आफ्नो धारणा व्यक्त गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनीहरुले एमाले विवाद कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयन नहुने पार्टी फुटेको निष्कर्ष निकालेका छन्।
संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन्। बिहीबार राति विज्ञप्ति जारी गर्दै उनीहरुले दुबै पक्षका कार्यदलका नेताहरुले सिफारिस गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सकेको भए त्यो एकताको बलियो आधार रहेको दाबी नेताहरुले गरेका छन्।
एमाले नेताहरुद्वारा जारी विज्ञप्तिमा देउवा सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले एमालेमा मात्र संकट आउने नभई यसले सम्पूर्ण राजनीतिक पार्टीमा प्रभाव पार्ने र राजनीतिक ...








