राजनीति

अन्तत: यी नेताहरुले छाडेनन् माधव नेपालको साथ

अन्तत: यी नेताहरुले छाडेनन् माधव नेपालको साथ

राजनीति
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आपसी विवाद चुलिएपछि पार्टी फुटको संघारमा पुगेको छ। राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीको टेबुलमा पुगेको छ। सरकारले मंगलबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्नसक्ने अध्यादेश ल्याएको छ। राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न बाँकी रहेको अध्यादेश नेपाल पक्षलाई नयाँ दल गठनको सहजताकै लागि सरकारले ल्याएको हो। यदि सरकारले ल्याएको अध्यादेशअनुसार एमाले विभाजन भएमा एमालेका कति सांसदले वरिष्ठ नेता नेपाललाई साथ दिन्छन् भन्ने विषय अहिले चासो बनेको छ। यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा संसद्मा विश्वासको मत लिँदा २२ जना सांसद्ले उनलाई मत दिएका थिए। साउन ३ गते आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दे...
माधव नेपाल पक्षका १४ सांसदमाथि कारवाही हुँदा के देउवा सरकारलाई पुग्ला बहुमत ?

माधव नेपाल पक्षका १४ सांसदमाथि कारवाही हुँदा के देउवा सरकारलाई पुग्ला बहुमत ?

Featured, राजनीति
काठमाडौं । माधव नेपाल समुहको समर्थनबिना बहुमत नपुग्ने स्थितिका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा छन् । यही बेला एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाही गरेको छ । एमाले संसदमाथिको कारबाहीसँगै अब संसदीय अंक गणितमा पनि सामान्य फेरबदल आउने देखिन्छ । सामान्य दृष्टिले हेर्दा एमालेका १४ सांसद पदमुक्त भएपछि प्रधानमन्त्री देउवालाई एमालेको साथविनै प्रतिनिधि सभामा बहुमत पुग्छ । जस्तै– हाल प्रतिनिधि सभामा कायम रहेको सदस्य संख्या २७१ छ । यो संख्या अनुसार बहुमत पुर्याउन १३६ सांसद संख्या चाहिन्छ । माधव नेपालसहित १४ सांसद पदमुक्त हुँदा प्रतिनिधि सभाको सदस्य संख्या २५७ मा खुम्चने छ । यसो हुँदा २५७ सदस्य संख्याको बहुमत पुग्न १२९ भए पुग्छ । हाल प्रतिनिधि सभामा नेपाली काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाका २० सांसद छन् । यो संख्या जोड्दा सहजै १३० पुग्छ । तर, यो सोझो हिसावले मात्रै संस...
प्रधानमन्त्रीसँगको भेटघाटपछि डा. केसीले गरे यस्तो घोषणा

प्रधानमन्त्रीसँगको भेटघाटपछि डा. केसीले गरे यस्तो घोषणा

राजनीति
काठमाडौं । डा. गोविन्द केसी पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन स्थगित गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भेट भएपछि केसी तत्काल अनशन नबस्न सहमत भएका हुन् । उनले पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।
निवर्तमान प्रदेश प्रमुखद्वारा पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा

निवर्तमान प्रदेश प्रमुखद्वारा पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा

राजनीति
काठमाडौं। प्रदेश-२ को प्रदेश प्रमुखबाट पदमुक्त भएका राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् । पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए । सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जानुपर्ने उनको भनाइ छ । ‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छु’ उनले भनेका छन् । निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि विश्वास गरेर आफूले निजी सचिवालय पनि नराखेको निवर्तमान प्रदेश प्रमुख अहिराजले बताए । ‘राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय रा...
अन्तत माधव नेपालले गरे यस्तो घोषणा, ओली खेममा खैलाबैला !

अन्तत माधव नेपालले गरे यस्तो घोषणा, ओली खेममा खैलाबैला !

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् । आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए । नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं। ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’ नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए । उनले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गरे ।...
ओलीप्रति कटाक्ष पोख्दै माधव नेपालले गरे सनसनी पूर्ण खुलासा

ओलीप्रति कटाक्ष पोख्दै माधव नेपालले गरे सनसनी पूर्ण खुलासा

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीका कारण पार्टी गणतन्त्रविरोधी हो कि भन्ने प्रश्न उत्पन्न भएको बताएका छन् । उनले ओलीकै नजिकका मान्छेबाट संघीयताविरोधी आवाजहरू उठ्न थालेको भन्दै असन्तुष्टी जनाए । आफूनिकट जनसंगठनका नेता/कार्यकर्तासँग भर्चुअल संवादमा बोल्दै नेता नेपालले ओलीको तीव्र आलोचना गरेका थिए । उनले ओलीले पार्टीको दुर्दशा बनाएको भन्दै यसलाई माथि उठाउन अब लामो समय लाग्ने टिप्पणी गरे । नेपालले भने, ‘उहाँले एकपछि अर्को आफ्ना सहयोद्धालाई छोड्दै जानुभएको छ । साथ दिनेहरूसँग टाढिँदै जानुभएको छ । आज उहाँले पार्टीलाई जुन दुर्दशामा पुरयाउनु भएको छ, त्यसको क्षतिपूर्ति गर्न लामो समय लाग्छ ।’ ओलीले देशभक्तिको झण्डा फालेको र लोकतन्त्रको मूल्यमान्यता त्यागेको आरोप पनि लागाए । ‘उहाँका कारण आज एमाले गणतन्त्रविरोधी हो कि भन्ने प्रश्नचिन्हमा उभिएको छ,’ उनले भने, ‘रा...
एमालेले माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पठायो पत्र (नामसहित)

एमालेले माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पठायो पत्र (नामसहित)

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको बैठकले उनीहरुलाई पार्टी विधानविपरित कार्य गरेको भन्दै कारवाही स्वरुप सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको एक नेताले बताए । ती नेताका अनुसार कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी रहेका छन्। उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा समेत जानकारी गराइएको ती नेताले बताए।...
ओलीको आरोप – एमाले विभाजन गर्न अध्यादेश ल्याइँदैछ

ओलीको आरोप – एमाले विभाजन गर्न अध्यादेश ल्याइँदैछ

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र आफ्नो पार्टीलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेसँगै विज्ञप्ति जारी गर्दै ओलीले सो आरोप लगाएका हुन् । ‘केही समययता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथ...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक सोमवार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । देउवा नेतृत्वको सरकार गठन भएको एक महिना पुरा भइसक्दा पनि मन्त्रिपरिषद्ले हालसम्म पूर्णता पाउन सकेको छैन । यसले गर्दा विभिन्न मन्त्रालयले गर्ने प्रशासनिक काम समेत अवरुद्ध हुन थालेको छ ।...
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकियो, के–के भयो निर्णय ?

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकियो, के–के भयो निर्णय ?

Featured, राजनीति
काठमाडौँ । नेकपा माओवादीको केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्दै बैठक सकिएको हो । त्यस्तै बैठकले प्रतिगामी खतरा नसकिएको निष्कर्ष निकालेको छ । माओवादीले चार महिने संगठनात्मक अभियान चलाउने निष्कर्ष पनि निकालेको छ । त्यस्तै पार्टीको केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला रहनेछन् भने जिल्ला कमिटी खारेज गरेर समन्वय समिति राखिने माओवादीको निर्णय रहेको छ । त्यस्तै बैठकले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ । बैठकले गरेका यस्ता छन् निर्णयहरु: १) २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने । २) २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला । ३) २०७८ असोज २० गते वडा सम्मेलन ४) २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन । ५) २०७८ मङ्सिर १५ गते प्र...