राजनीति

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज (नामसहित)

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज (नामसहित)

राजनीति
काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगका अनुसार गत साउनमा ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरिएको हो ।
एमाले, कांग्रेस र लोसपाका तीन केन्द्रीय नेता अवैधानिक!

एमाले, कांग्रेस र लोसपाका तीन केन्द्रीय नेता अवैधानिक!

राजनीति
काठमाडौं । नेकपा (एमाले)का बद्रीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका कुमार खड्का र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राजकुमार लेखी कानूनतः पदमा बस्न योग्य नभएको पाइएको छ। निर्वाचन आयोगका अनुसार, जरिवाना बापत तिर्नुपर्ने जनही रु.५० हजार नतिरेकाले न्यौपाने, खड्का र लेखी कुनै पनि राजनीतिक दलको सदस्य बन्न पाउँदैनन्। “खारेज भएका ४१ दलका पदाधिकारी र केन्द्रीय सदस्यहरू जरिवाना रकम नतिरेसम्म कुनै पनि दलको सदस्य बन्न पाउँदैनन्,” एक निर्वाचन आयुक्तले भने, “गाउँ वा जिल्ला समितिमा छ भने त हामीलाई जानकारी नहुनसक्छ, तर केन्द्रीय समितिमा बसेको छ भने त कारबाही गर्छौं।” निर्वाचन आयोगले गत साउनमा ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको थियो। तीमध्ये दुई वटा दलका अध्यक्ष थिए, बद्रीप्रसाद न्यौपाने। उनको नाममा रहेको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र चुरेभावर राष्ट्रिय पार्टीको दर्ता आयोगले खारेज गरेको...
उपेन्द्र यादव मधेसमा जातीय विषको विजारोपण गर्दैछन् : राजेन्द्र महतो

उपेन्द्र यादव मधेसमा जातीय विषको विजारोपण गर्दैछन् : राजेन्द्र महतो

Featured, राजनीति
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् । उनले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी दिए । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले आफूलाई मधेसमा एउटा वैकल्पिक शक्ति निर्माणको लागि अग्रसर भइरहेको अवस्थामा उपेन्द्रसँग पार्टी एकता गरे पनि उनले धोका दिएको आरोप लगाए । उनले भने,’हामी मधेसी एकतावाद जिन्दावादको नारा लगाउँदै थियो, उपेन्द्रसँग एकता गरियो । तर उनले एकतालाई गलत रुपमा बुझे । जसकारणले एकता टिकेन ।’ महतोले मधेसको जनतालाई अब मुर्ख बनाउन नसकिने भन्दै सारा परिस्थितिको विषयमा जनता जानकार रहेको कारणले आउने दिनमा सबै परिस्थितिलाई लिएर जनताको बिचमा जाने बताए । उनले केही व्यक्तिलाई लोभ दिएर आफूतर्फ ताने पनि केही ...
नेपाल-चीन सीमा अध्ययन गर्न गृहका सह-सचिव आचार्यको संयोजकत्वमा समिति गठन

नेपाल-चीन सीमा अध्ययन गर्न गृहका सह-सचिव आचार्यको संयोजकत्वमा समिति गठन

Featured, राजनीति
काठमाडौँ । गृह मन्त्रालयले हुम्लाको नाम्खामा सीमा सम्बन्धी अध्ययन गर्न सहसचिव जयनारायण आचार्यलाई खटाउने भएको छ । उनलाई संयोजक तोकेर नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने 'नेपाल-चीन सीमा विवाद' अध्ययन गर्न प्रहरी,सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गरिएको हो । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानबिन समितिको संयोजकमा सप्तरीका प्रमुख जिल्ला अधिकारी समेत रहेका आचार्यलाई तोकिएको बताए । आचार्यको ठाउँमा हालै तुइन घटना छानबिन समितिका संयोजक रहेका सहसचिव जनार्दन गौतमलाई पठाइएको छ। समितिमा रहने सदस्यहरुको नाम पठाउन प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरिएको पोखरेलले बताए । भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले 'चीनसँगको सीमा समस्या' अध्ययन गर्न भन्दै समिति गठन गर्ने निर्णय गरेको थियो । चीनतर्फको सीमा क्षेत्र छुट्याउने ११ र १२ नम्बर स्तम्भको नेपाली भू-भाग मिचिएको भन्दै ...
अमेरिकालाई नेपालको प्रश्न : ‘एमसीसी सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि हो ?’

अमेरिकालाई नेपालको प्रश्न : ‘एमसीसी सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि हो ?’

Featured, राजनीति
काठमाडौं । नेपालमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा धेरै टिकाटिप्पणीहरु भइरहेका छन्। नेतादेखि नागरिकसम्मले यो सम्झौताका विषयमा धारणा व्यक्त गरिरहेका छन्। केहीले यसको समर्थन गरेका छन् भने धेरैले यसको विरोध गरेका छन्। कतिपयले परिमार्जन गरी सम्झौता भएका हितकारी नै रहेको बताएका छन्। एससीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउने तयारी गरिरहेको समाचार आएपछि एमसीसीबारेको बहस सतहमा छ। यसैबीच सरकारले एमसीसीको विषयमा नेपालमा उठिरहेका प्रश्नहरुको उत्तर मागेको छ। नेपालले विवादित विषयहरुबारे स्पष्ट पार्न अमेरिकालाई पत्राचार गरेको हो। अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्राचार गरेको बताइएको छ। उक्त पत्रमा नेपालले ‘एमसीसी अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’ अन्तर्गत पर्छ कि पर्दैन, एम...
माधव नेपालको नेतृत्वको पार्टीमा जान वामदेव गौतमले राखे यस्तो सर्त

माधव नेपालको नेतृत्वको पार्टीमा जान वामदेव गौतमले राखे यस्तो सर्त

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेका छन् । बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो । गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन् । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो । जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् । राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार...
कांग्रेसको १४औँ महाधिवेशन : आजदेखि ५६ जिल्लामा वडा अधिवेशन प्रारम्भ

कांग्रेसको १४औँ महाधिवेशन : आजदेखि ५६ जिल्लामा वडा अधिवेशन प्रारम्भ

Featured, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछ...
सप्तरीका ४० जनप्रतिनिधिले गरे लाेसपामा सनाखत

सप्तरीका ४० जनप्रतिनिधिले गरे लाेसपामा सनाखत

Featured, राजनीति
सप्तरी। सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) मा सनाखत गरेका छन्। निर्वाचन आयोगले २२ भदाैसम्म दल परिवर्तनको सनाखत गर्न समय सीमा तोकेपछि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव,राजविराज नगरपालिकाका उपमेयर साधना झा ,तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषा मण्डलसहित ४० जनप्रतिनिधिले लाेसपामा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी समेशकुमार जोशीले जानकारी दिए। सप्तरीमा १८ स्थानीय तहमध्ये पूर्वराजपाबाट पाँचवटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि छन् । पाँच स्थानीय तहमा तत्कालीन संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेका थिए । अन्य सात स्थानीय तहमा एमाले र कांग्रेसले जितेका थिए ।...
एमसीसीकी उपाध्यक्षलाई टार्गेट गरी भीम रावलले गरे यस्तो ट्वीट

एमसीसीकी उपाध्यक्षलाई टार्गेट गरी भीम रावलले गरे यस्तो ट्वीट

राजनीति
काठमाडौं । नेकपा(एमाले)को उपाध्यक्ष भीम रावलले एमसीसीकी उपाध्यक्षलाई नेपाल बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका छन् । उनले बिहीवार ट्वीट गर्दै नेपालमा द्वन्द्व पछि अस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइएको उल्लेख गर्दै फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको उल्लेख गरेका हुन् । उनले वर्तमान सरकार जनअनुमोदित नभएकाले देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश पनि सरकारलाई प्राप्त नभएको बताए ।...
सरकारले सीमा विवादका विषयमा अध्ययन समिति गठन गरेपछि चीनले नाकामा कडाइ गर्दै

सरकारले सीमा विवादका विषयमा अध्ययन समिति गठन गरेपछि चीनले नाकामा कडाइ गर्दै

राजनीति
काठमाडौं । पछिल्लो समय नेपाल र चीनबीच सीमा विवादको विषयलाई लिएर अध्ययन समिति गठन गरेको छ। सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको थियो । २०७७ असोजमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेर ९ वटा भवन बनाएको समाचार सार्वजनिक भएको थियो । त्यस्तै चीनले हुम्लामा १२ नम्बर पिल्लर सारेर लोलुजुङमा भवनहरु बनाएको, हिल्लाको ९९२० सीमा स्तम्भको दुईतिहाइ भाग चीनतिर पारेर बार लगाएको, हिल्साकै किडको ६९१० सीमा स्तम्भ आफ्नोतिर पारेर तारबार बनाएको समाचार समेत सार्वजनिक भएको थियो । यी सीमालगायतका विवाद ढाक छोप गर्नको लागि चीनले नेपाललाई अल्माल्याउन विभिन्न कोशिस गरिरहेको छ । जस्तै नेपाल र चीनबीचको सीमा नाका बेला बेलाम...