राजदूत बन्न तुइन प्रकरणमा सुधीर शर्माको प्रोपोगन्डा

काठमाडौं । दार्चुला घटनाबारे छानबिन गर्न गठित समितिले गृह मन्त्रालयलाई हिजो मात्र प्रतिवेदन बुझाएको छ ।

उक्त प्रतिवेदनमा जयसिंह धामी महाकाली नदीमा खस्नुमा एसएसबीको हात रहेको/नरहेको बारे केही बोलिएको छैन।

उक्तप्रतिवेदनमा थप अनुसन्धानको लागि सिफारिस गरिएको छ। यसको अर्थ धामी बेपता प्रकरणमा एसएसबीको समलग्न्ता अझै पुष्टि हुनसकेको छैन।

तर कान्तिपुरका सम्पादक सुधिर शर्माले भन्ने आफै न्यायाधीश भइ सो प्रकरणमा एसएसबी नै दोषी रहेको ठोकुवा गर्दै आएका छ्न।

एकप्रकारले उनले छानविन समितिमाथि नै दबाब सृजना गर्ने गरी मिडिया ट्रायल चलाइरहेका छ्न । कारण के ? उनीसँगै काम गरिरहेका एक वरिष्ठ पत्रकारको अनुसार नेपाल-भारत सम्बन्ध बिगारेर शर्मा आफू चिनियाँ राजदूत बन्ने दाउमा लागेका छ्न्।

शर्मा निकट स्रोतको अनुसार उनी चीनलाई खुसी पारी आफुलाई चिनियाँ राजदूत बनाउन नेपाल-भारत सम्बन्धलाई विगार्न परिचालित भएका छ्न।