अन्तर्वार्ता

राष्ट्रपतिसँग शिष्टाचार भेट

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, १६ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
Read More
सबैको सहकार्य र सहयोगले मात्र राजापुर वडा नम्बर ६ समृद्ध हुन्छ : अध्यक्ष न्यौपाने (अन्तर्वार्ता)

सबैको सहकार्य र सहयोगले मात्र राजापुर वडा नम्बर ६ समृद्ध हुन्छ : अध्यक्ष न्यौपाने (अन्तर्वार्ता)

५ चैत्र ,काठमाडौं।  देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन्। धेरैजसो वडाका सक्रियाताका साथ चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लागिपरेका छन् । तर अझै पनि केही वडाहरुले भने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन्। नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १० महिना बितिसकेको छ । गाउँ–गाउँमा सिंहदरबारको नारा विकासले वडाको मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा राजापुर ना।पा…
Read More
‘श्रीलंकाका कारण नेपाल चिनियाँ ऋणप्रति सचेत’

‘श्रीलंकाका कारण नेपाल चिनियाँ ऋणप्रति सचेत’

मिवा हिरोनो कलेज अफ ग्लोबल लिबरल आर्ट्स, ओसाकाको रित्सुमेइकन युनिभर्सिटीका एकेडेमिक अफेयर्सका एसोसिएट डीन र जापानको क्योटोमा रित्सुमेइकन युनिभर्सिटीको ग्रेजुएट स्कूल अफ इन्टरनेशनल रिलेसनसमा प्राध्यापक हुन्। उनको विशेषज्ञता चीनको अन्तर्राष्ट्रिय सम्बन्धमा छ। विकासोन्मुख विश्वका विभिन्न कलाकारहरूसँग चिनियाँ कलाकारहरूको अन्तरक्रिया उनको मुख्य अनुसन्धान रुचिहरू मध्ये एक हो। हालैको काठमाडौं भ्रमणका क्रममा उनले काठमाडाैं पोष्टकी मिमाम्सा ढुंगेलसँग नेपालमा चीनको बदलिँदो भूमिकाका बारेमा संक्षिप्त कुराकानी गरेकी थिइन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) र बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) जस्ता पहलहरूमार्फत अमेरिका र चीनले नेपालमा प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन् भन्ने विश्वास गर्नुहुन्छ? यो विश्लेषकहरुबीच व्यापक रूपमा मानिन्छ । तर मेरो जवाफ न "हो"…
Read More
कांग्रेस महाधिवेशनको सुरक्षा योजना : सादा पोसाकका प्रहरीदेखि कुकुरसहितको गस्तीसम्म

कांग्रेस महाधिवेशनको सुरक्षा योजना : सादा पोसाकका प्रहरीदेखि कुकुरसहितको गस्तीसम्म

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्देरबारदेखि सुरु हुँदैछ । देशभरबाट हजारौं नेता कार्यकर्ता र जनसहभागिता रहने भनिएको महाधिवेशनमा सुरक्षाको विषय महत्वपूर्ण छ । नेपाल प्रहरीले महाधिवेशनका लागि आवश्यक सुरक्षा योजना बनाएको छ । प्रमुख सत्तारुढ दलको महाधिवेशन भएको र उक्त पार्टीको सभापति नै प्रधानमन्त्री भएकाले कांग्रेस महाधिवेशनमा भीभीआईपी र भीआईपी उपस्थिति तुलनात्मक रुपमा बढी हुने भएकाले ज्यादा चुनौती रहन्छ । उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले जिम्मेवारी पाएको छ । कांग्रेस महाधिवेशनमा सुरक्षा रणनीति लगायका विषयमा हामी मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसँग कुराकानी गरेका छौं : कांग्रेस महाधिवेशन सुरु हुँदै छ, सुरक्षा व्यवस्था कस्तो मिलाइएको…
Read More
के प्रधानन्यायाधीश जबराले राजीनामा देलान् ? (विशेष अन्तर्वार्ता)

के प्रधानन्यायाधीश जबराले राजीनामा देलान् ? (विशेष अन्तर्वार्ता)

काठमाडाैं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि यतिबेला राजीनामा दिन चौतर्फी दबाव परेको देखिएको छ। मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो। सर्वोच्च अदालत र सरकारका प्रवक्ताले त्यो आरोप अस्वीकार गरिसकेका छन्। अनि उनको मागअनुसार बनाइएका भनिएका मन्त्रीले पदबाट राजीनामा पनि दिइसकेका छन्। तर त्यो लगायतका विषय उठाउँदै नेपाल बार एसाेसिएसन, सर्वोच्च अदालतकै न्यायाधीश अनि अवकाशप्राप्त कतिपय प्रधानन्यायाधीश र न्यायाधीशहरूले जबराको राजीनामाको अपेक्षा दर्शाएका छन्। धेरैतिरबाट राजीनामाको माग भइरहेका बेला उनले कुराकानीका क्रममा त्यसो गर्न आफू तयार नरहेको अडान व्यक्त गरेका छन् । उनले बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास अन्तर्वार्तामार्फत प्रकट गरे। आफ्नो राजीनामा…
Read More
‘बजेटमा अर्थ मन्त्रालय हावी भयो, अनुशासन पनि तोडियो’

‘बजेटमा अर्थ मन्त्रालय हावी भयो, अनुशासन पनि तोडियो’

यतिखेर तीनै तहका सरकारका बजेट अफट्र्याक छन् । राजनीतिक हस्तक्षेप हाबी हुँदा दिगो विकास लक्ष्य र राष्ट्रिय योजना आयोगको १५औँ आवधिक योजनाका कार्यक्रमहरू प्राथमिकतामा पर्न सकेका छैनन् । बजेटमा अन्योल बढेको छ । परिणामतः देश अहिले खर्च अवरोधमा फसेको छ र सरकार बेखर्ची भएको छ । त्यसै पनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्कातर्फ बजेटको सिद्धान्त र अनिवार्य सर्तहरू भन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल बजेटका विषयमा टिप्पणी गर्दै पछिल्ला सरकारहरूले ल्याएको बजेट लहड, मनमौजी र सिद्धान्तविपरित भएको बताउँछन् । पोखरेलसँग न्युज एजेन्सी नेपालले गरेको संवादको सम्पादित…
Read More
‘मैले त्यो बेलामा सम्झिएँ कि- न्यायाधीश भनेको यति निरिह हुँदोरहेछ’

‘मैले त्यो बेलामा सम्झिएँ कि- न्यायाधीश भनेको यति निरिह हुँदोरहेछ’

अहिले के मा व्यस्त हुनुहुन्छ ? यहाँको दिनचर्या कसरी बिताइराख्नुभएको छ ? सामान्य नै वितिरहेको छ । अहिलेको समसामयिक विषयवस्तुसँग मिल्दाजुल्दा पुस्तकहरु अध्ययन गरिरहेको छु । जन्मदिन बैशाख १६ गते पुस्तक प्रशासन गर्ने भनेर मैले योजना बनाएका थिएँ । कोरोनाका कारण पुस्तक प्रकाशनको काम अहिले केही समयलाई स्थगित गरेको छु । म सामान्य जीवन निर्वाह गर्छु । आफ्नै, कमाइ, आर्जनबाट, आफ्नै बाहुबलबाट जिविकोपार्जन गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छु । त्यसकारणले सानो अर्गानिक खेती दुईतीन आनामा गर्दै आएको छु । म किनेर खान्न, तराईंमा थोरै जग्गा छ । त्यसबाट उब्जनी हुने अन्ननै हो खाने । खासगरी समसामयिक विषयका बारेमा चिन्तन–मनन् गर्ने।…
Read More
‘कोरोनासँग लड्न महानगरको बजेट सकियो’

‘कोरोनासँग लड्न महानगरको बजेट सकियो’

वीरगञ्ज । पर्सामा वैशाख ३० मा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएयता पीसीआर किट र भीटीएम अभावले कोरोना परीक्षण तीब्र रुपमा हुन सकेको छैन । कन्ट्याक ट्रेसिङ गरिएका व्यक्तिहरुको समेत परीक्षण हुन नसक्दा संक्रमण फैलिने खतरा कायमै छ । ट्रेसिङ गरिएको एकसाता बित्दासमेत परीक्षण नभएपछि उनीहरु आक्रोश र निरासा पालेर क्वारेन्टाइनमा बसिरहेका छन् । पर्सामा अहिलेसम्म कुल संक्रमितको संख्या ९१ जना छ । पुष्टि भएकामध्ये तीन जना भारतीय नागरिक छन् भने ८८ जना नेपाली छन् । तीन जना भारतीय नागरिकलाई वैशाख १४ गते डिस्चार्ज गरिएको थियो । तर एक जना भारतीयमा पुनः संक्रमण देखिएपछि उनलाई फेरि अस्पताल भर्ना गरिएको…
Read More
कोरोनाबारे डब्ल्यूएचओको डरलाग्दो चेतावनी : भाइरस शायद कहिल्यै उन्मुलन हुने छैन

कोरोनाबारे डब्ल्यूएचओको डरलाग्दो चेतावनी : भाइरस शायद कहिल्यै उन्मुलन हुने छैन

काठमाडौं। विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै सबैलाई चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोना भाइरस उन्मुलन हुन नसक्ने अथवा हामीबीच रहिरहने सम्भावना व्यक्त गरेका छन् । उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस पनि हालसम्म उन्मुलन हुन नसकेको बताए । माइकल रयानले भ्याक्सिन बिना सर्वसाधारणलाई यो रोगका लागि प्रतिरोधी क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौ लाग्न सक्ने बताएका छन् । कोभिड–१९ को भ्याक्सिन तयार गर्न अनेकौं कोशिस भइरहेका छन् । मोटामोटी रुपमा कोभिड–१९ का लागि कम्तीमा सय भ्याक्सिन बनाउने कोशिस भइरहेको…
Read More
आफ्नैबाट असहयोग हुँदा गुट समाप्त गर्न सभापति देउवा चुक्नुभयो

आफ्नैबाट असहयोग हुँदा गुट समाप्त गर्न सभापति देउवा चुक्नुभयो

मीनबहादुर विश्वकर्मा, नेता – नेपाली कांग्रेस नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचत भए । उनी निर्वाचित भएर आएसँग असहयोग शुरु भयो । रामचन्द्र पौडेल र कोइराला परिवारले देउवालाई कुनै पनि निर्णय सहज रुपमा गर्न दिएन । यतिसम्म असहयोग भयो कि पार्टीका विभागहरू गठनका लागि नाम माग्दासमेत पौडेल र कोइराला परिवारले दिएनन् । भ्रातृ संगठनहरू गठन हुन सकेनन् । यस्तो अवस्थामा देउवाको धेरै आलोचना भयो । असहयोग र आलोचनाका बाबजुद देउवाको चार वर्षे कार्यकाल पनि पूरा भएको छ । यो अवस्थामा देउवाको कार्यकाल कस्तो रह्यो भनेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मासँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानीको सम्पादित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.