सबैको सहकार्य र सहयोगले मात्र राजापुर वडा नम्बर ६ समृद्ध हुन्छ : अध्यक्ष न्यौपाने (अन्तर्वार्ता)

५ चैत्र ,काठमाडौं।  देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन्।

धेरैजसो वडाका सक्रियाताका साथ चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लागिपरेका छन् । तर अझै पनि केही वडाहरुले भने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन्।

नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १० महिना बितिसकेको छ ।

गाउँ–गाउँमा सिंहदरबारको नारा विकासले वडाको मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा राजापुर ना।पा वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्यौपाने निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

न्यौपाने नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहनुभएको छ । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास थियो । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ।

अघिल्लो पटकभन्दा यस पटक सब वडाको सबै टोल एउटा गतिमा गइसकेको अवस्थामा विकासले केही काचुली फेर्ने विश्वास जनतामा छ । नवनिर्वाचित वडा अध्यक्ष लगायत वडाका पदाधिकारीहरु निरन्तर रुपमा वडाको विकास निर्माणमा लागी परेका छन् ।

राजापुर नगरपालिका वडा नम्बर ६ ले भने के गरिरहेका छ त रु राजापुर नगरपालिका वडा नम्बर ६ अध्यक्ष असराज न्यौैपानेसँग वडा खवरका संबादाताले वडाको समग्र गतिविधिमा केन्द्रित रहेर कुराकानी गरेका छन् । तस्तुत छ, कुराकानीको सम्पादित अंश।

तपाईं चुनाव जितेर आएको १० महिना भएको छ, आफ्नो वडाभित्र के–के समस्या देख्नुभएको छ ?

मैले राजापुर नगरपालिका वडा नम्बर ६ भित्र थुप्रै समस्या देखेको छु । मुख्य समस्या समीत बजेटमा रहेर योजना बनाउन पर्न हुनाले सबै समस्यालाई समेटेर योजना बनाउन सकिएन । स्वास्थ्य, शिक्षा, क्षेत्रमा ठूलो समस्या छ । बेरोजगारीका साथै बालबालिका र गर्भवतिलाई स्वास्थ्य सेवा प्रयाप्त मात्रमा छैन ।

खानेपानीको समस्या छ । सरसफाईको जटिलता छ । कर्मचारी व्यवस्थापन, सुशासन र भ्रष्टाचार नियन्त्रणको चुनौती छ । यी सबै क्षेत्रमा काम गर्नपर्ने छ । सम्रगमा सबैको सहकार्य र सहयोगले मात्र राजापुर वडा नम्बर ६ समृद्ध हुन्छ । मैले यी समस्याको पहिचान गर्दै योजनाबद्ध र क्रमिक रुपमा सुधारका काम गर्दै लैजाने छु ।

तपाईंले आफ्नो कार्यकालमा कुन–कुन कामलाई प्राथामिकता दिनुभएको छ ?

जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु । मेरो कार्यकालमा राजापुर नगरपालिका वडा नम्बर ६ मा रहेका बेरोजगार युवालाई रोजगारीको वातावरण सिर्जना गर्नेछु । बेरोजगार युवालाई कृषि उत्पादमा जोडेर व्यवसायीकरणमा प्रेरित गर्ने छु । कृषिमा जोड दिदैं खेतीतर्फ आकार्षण गर्न विभिन्न तालिमहरू सञ्चालन गरिने छ ।

त्यस्तै युवाले उत्पादन गरेका बस्तुको खपत हुने वातावरणको सिर्जना गर्नेछु । मानिस उद्यमशीलतामा लागे वडाको विकास हुनेमा म विश्वस्त छु। यो तराई क्षेत्र हो । हाम्रा तमाम युवा भारत र खाडी मुलुक पुगेर आफ्नो श्रम बेच्न विवस् छन् । उनीहरूको श्रमको हामीले मुलुकमै सदुपयोग गर्न सके वडाको विकासलाई कसैले रोक्न सक्दैन।

राजापुर नगरपालिका वडा नम्बर ६ मा शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा निकै पछि रहेको भन्नु भएको छ, ती समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

राजापुर नगरपालिको वडा नम्बर ६ मा शिक्षा र स्वस्थ्यमा म निकै गम्भीर छु । शैक्षिक क्षेत्रमा लगानी गरेको हुनाले वडामा शैक्षिक क्षेत्रमा सुधार हुने आशा पलाएको छ ।

गुणस्तर शिक्षा दिनका लागि हामी योजना बनाएका छौँ । भर्खरै निर्वाचित भएर आएका छौं । हामी कहाँ–कहाँ कमजोर रहेछौं त्यसको पहिचान स्थानिय संगै बसेर घरदैलो कार्यक्रम गर्दै ती समस्यालाई सम्बोधन गर्दै अगाडि बढिरहेका छौँ।

सामान्य उपचारका लागि जनताले भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने छ । अहिलेलाई हाम्रो वडामा स्वास्थ्य चौकी छ। यसलाई व्यवस्थित व्यवस्थापन गर्नेछौं ।

केही संवैधानिक तथा आर्थिक कठिनाइहरू पनि छन् । जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं । तर त्यसलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं ।

स्थानीय सरकार आइसकेपछि झनै भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने जनताको गुनासो सुनिन्छ नी ?

सबै ठाउँमा एउटै हुदैन । तपाईंले सुनेजस्तै विगतका कतिपय सरकारले भ्रटाचार गरे होलान्। तर मेरो कार्यकालमा वडाको यो पहिलो मुल नारा पनि हो भ्रष्टाचार गर्दैन र हुन पनि दिँदैन भनेर म निरन्तर रुपमा लागि परेको छु ।

भ्रष्टाचार हुँदै भएन म भन्दिन । तर, मेरो कार्यकालमा भ्रष्टाचार गर्दैन र हुन दिँदैन । यो कुरामा म प्रतिबद्ध छु । यो एकै पटक पोको पारेर फाल्न सकिने विषय होइन ।

भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता फेर्न आवश्यक छ । म जनताका गुनासा सुन्दै कर्मचारीलाई भ्रष्टरहित भएर काम गर्न प्रेरित गर्ने छु । जनताको छिटो र छरितो सेवाका लागि कर्मचारीलाई सधैँ कटिबद्ध रहन निर्देशन दिन चाहन्छु ।

त्यसो भए भ्रष्टाचाररहित वडा बनाउन सक्नेमा विश्वस्त हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । म पहल गर्दै छु एकैपटक म परिर्वतन गर्छु त भन्दैन तर निरन्तर लागीरहेको छु । कर्मचारीहरूलाई सुशासनको कुरा र अनुसासीत बनाउँने कुरामा प्रतिबद्ध छु । योजना निर्माणका कुराको सवालमा जनताको बीचमा योजना लगेर जनमुखी र पारदर्शी बनाउने छु ।

तपाईं निर्वाचित भइसकेपछि जनताले तपाईंप्रति राखेका अपेक्षा के–कस्ता छन ?

जनताका अपेक्षा असिमित रहेका छन् । जनताको प्रमुख आवश्यकता भनेको स्वास्थ्य, शिक्षा र रोजगारी नै हो । हाम्रा तमाम युवा रोजगारीको शिलशिलामा विदेशिनु परेको छ ।

त्यसका बाबजुद पनि उहाँहरूले विदेशबाट आएर आफ्नो ठाउँको विकासका लागि मलाई अमूल्य मत दिएर विजयी गराउनु भएको छ । उहाँहरुले राखेको पहिलो अपेक्षा भनेको विकास निर्माण हो ।

यो कुरामा म गम्भीर र सधैँ सचेत रहने छु । यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ मेरो प्रयास रहने छ । व्यावसायिक कृषि पालनमा युवालाई आकर्षित गरेर रोजगारीको सिर्जना गर्ने हाम्रो योजना छ । यसले युवालाई देशमै स्वरोजगार बनाउनेमा म विश्वस्त छु ।

तपाईंलाई काम गर्न वडामा कुनै कानुनी अड्चक छन् रु पालिका सरकारबाट के भइदियोस् भनेर चाहनु हुन्छ ?

पहिलो कार्यकाल भएका कारणले पनि केहि हदसम्म पक्कै सोचे जस्तो सहज छैन । स्थानियहरुले चाहेका काम तुरुन्त होस भन्ने अपेक्षा राख्नुहन्छ । हामी निर्वाचित जनप्रतिनिधि भईसकेपछि निति नियम भित्र रहेर काम गर्न पर्न हुन्छ । केही संवैधानिक कठिनाइहरू पनि छन्। जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं

त्यस्ता जटिलताबाट बच्न विवेक प्रयोग गर्दै प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा हामीअघि बढ्ने छौं । कानुनी अड्चनलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं। हामीलाई पालिकाले तालिम तथा सहजीकरण गरे अझै सहज हुने थियो ।

तपाईंको वडामा कर्मचारीको अभाव छ ?

हाम्रो वडाामा निजामति कर्मचारीको समस्या छ । एक जना कम्प्युटर अपरेटर, एक जना कार्यलय सहयोगी र सचिव हुनुहुन्छ । अझैँ हामीले कतिपय क्षेत्रमा कर्मचारीहरूको अभाव भोगिरहेका छौं।

जसले गर्दा सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रवाह गर्न सकिरहेका छैनौं । पालिकाले कर्मचारी पठाउने जानाएको छ । अघिल्लो कार्यकालका साथीहरूले पनि यो समस्या भोग्नु भएको हो।

यो समस्या समाधानका लागि केन्द्र सरकारको ध्यान चाँडै पुग्नेछ भन्नेमा म विश्वस्त छु । अन्त्यमा, हामी सबैका साझा प्रयासले मात्रै वडाको विकास सम्भव हुने हो । त्यसैले विभिन्न राजनीतिक दल, जनता र कर्मचारीको साथ पाउनेमा म विश्वस्त छु।

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ रु के गर्ने योजना छ ?

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध सुमधुर बनाउन जनताहरुसंग छलफल, अन्तरक्रिया, भेटघाट सबै वडाबासी संग उहाँहरुको समस्या, गुनासो , सुधार गर्ने पक्ष के, के छन भनेर हामी जनताको घर दैलोमा निर्वाचित भएपछि ४ पटक पुगिसकेको छौ ।

वडाबासी र वडाको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी निमुखाको पनि कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं। समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं ।

प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना वडा नम्बर ६ लाई समृद्ध र सुन्दर वडा बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

अन्त्यमा समग्र वडाबासीलाई के भन्न चाहानुहुन्छ ?

राजापुर नगरपालिका वडा नम्बर ६ का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

हरेक काम तथा योजना निर्माणमा, कार्यक्रमा साथ र सहयोग गर्नुभएको छ । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन ।

सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याको समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु।

जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडि विकास गर्दै लगिने वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

अन्तमा म पुनः के भन्छु भन्दा खेरी हामी जनप्रतिनिधि वडाको समस्या समाधान गर्दै सुन्दर गाउँ निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । वडाको काममा साथ दिनुहोला ।स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । कमि—कमजोरी औंल्याई दिनुहोला । नविन ऊर्जाका साथ काम गर्ने छु । यही भन्न चाहन्छु । धन्यबाद

राजापुर नगरपालिका वडा नम्बर ६ मा ५१ लाख बजेट निकासा भएको वडा सचिव अनिता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश विकास निर्माणका कामहरु सम्पन्न भएकोले विभिन्न शीर्षकका बजेट निकास भइरहेका छन् ।

उहाँ भन्नुभयो,’पुँजीगत तर्फ ४१ लाख बजेट निकासा भएको छ।’उक्त बजेट अन्तर्गत २० वटा योजना रहेको छ, जस मध्ये जोगीपुर कुलोमा आरसीसी वाल निर्माणमा ५ लाख छुट्याएको वडा सचिव अनिता चौधरीले बताउनुभयो ।

त्यस्तै उहाँले लक्षित वर्गतर्फ जसमा १३ योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’ जेष्ठ नागरिक, एकल महिला, दलित,अपाङ्गतामा ३ लाख २५ हजार बजेट निकासा भएको छ।’

Facebook Comments