काठमाडौँ र भक्तपुरका तीन जनामा काेराेना संक्रमण

काठमाडौं। आज थपिएका कोरोना भाइरसका संक्रमितमध्ये काठमाडौँ र भक्तपुर जिल्लाका तीन जना रहेका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडौँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार कोरोना भेटिएको हो ।

भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरूषमा देखिएको छ भने काठमाडौँमा ३३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।

Facebook Comments