एकै दिन थपिए ८३ जना कोरोना संक्रमित, नेपालमा संक्रमितकाे संख्या २ सय १७ पुग्याे

काठमाडौं । नेपालमा मंगलबार एकैदिन ८३ जनामा कोभिड-१९ पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो। मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो।

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पर्साका २२ देखि ६० वर्षका ६ जना महिला र १६ देखि ६१ वर्षका १२ जना पुरुष, महोत्तरीका १६ र ३५ वर्षका २ पुरुष, धनुषाका २० वर्षकी एक महिला र ४० वर्षका पुरुष, भक्तपुरकी २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीय महिला र सर्लाहीकी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.