काठमाडौं, भक्तपुरसहितका जिल्लामा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं- नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ।
मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

काठमाडौं, भक्तपुर सहितको जिल्लामा संक्रमित भेटिएका छन्।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पर्साका २२ देखि ६० वर्षका ६ जना महिला र १६ देखि ६१ वर्षका १२ जना पुरुष, महोत्तरीका १६ र ३५ वर्षका २ पुरुष, धनुषाका २० वर्षकी एक महिला र ४० वर्षका पुरुष, भक्तपुरकी २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीय महिला र सर्लाहीकी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.