काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९२० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा आज थप ३ हजार ५१७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा ४ हजार ९६ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

Facebook Comments