बारागढी गाउँपालिकामा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु

बारा । बाराकाे बारागढी गाउँपालिका वडा नम्बर ३ मा रहेकाे बारागढी जनस्वास्थ्य बर्थिङ्ग सेन्टरमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ ।

सदरमुकामका अस्पताल सम्म जानुपर्ने ग्रामीण क्षेत्रका बिरामीलाई ल्याब सम्बन्धि जस्तोसुकै सेवा सहज गराउने उद्देश्यले गाउँपालिकाले गाउँमै प्रयोगशाला सेवा सञ्चालन गरेको हो।

प्रयोगशाला (ल्याब) सेवाको शुभारम्भ गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले गर्नुभएकाे हाे ।

प्रयोगशाला शुभारम्भ कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष जयसवालले आगामी दिनमा गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवालाइ अझै प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो ।

उहाँले सरसफाइको अभावमा विभिन्न किसिमका रोग लग्ने भएकाले सरसफाइमा सबैले विशेष रूपमा ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।

प्रयोगशाला (ल्याब) सेवामा मलेरिया, यूरिन लगायत ५८ प्रकारको परीक्षण तथा जाँच सेवा उपलब्ध हुने गाउँपालिका अध्यक्ष जयसवालले जानकारी दिनुभयाे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी रायले रोगबाट बच्न शारीरिक सरसफाइ, उचित खानपान र वरीपरीको सरसफाइमा ध्यान दिन सुझाव दिनुभयो ।

उहाँले गाउँपालिकामा क्रमिक रुपमा हरेक क्षेत्रमा सुधार भइरहेको र आगामी दिनमा स्वास्थ्यलाई विशेष जाेड दिने बताउनु भयाे ।

गाउँपालिका अध्यक्ष जयसवालकाे अथक प्रयासमा प्रयोगशाला (ल्याब) सञ्चालनमा आएकाे वडा नम्बर ३ का अध्यक्ष उमेश प्रसाद साहले जानकारी दिनुभयाे ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.