सोग्न्स्भानमा आठौं जेएसएस कप भलिवल टुर्नामेण्ट भव्यतापूर्वक सम्पन्न

काठमाडाैं । ओस्लोको सोग्न्स्भानमा आठौं जेएसएस कप भलिवल टुर्नामेण्ट भव्यतापूर्वक सु-सम्पन्न भएको छ।

कार्यक्रम संयोजक पारस मणि मिश्रका अनुशार खेलकुदको माध्यमद्वारा नर्वेका विभिन्न स्थानमा शिक्षा, रोजगारी एबं अन्य ब्यवसाय गरी बसोवास गरिरहेका नेपालीहरु र नेपाली भाषीहरु माझ ब्यक्तिगत तथा सामुहिक सम्बन्धलाई अझ बढी मजबुद र प्रगाढ बनाउदै लैजाने प्रमुख उद्देश्यका साथ जन सम्पर्क समिति नर्वेले रनिङ कप टुर्नामेण्ट आयोजना गर्दै आएको हो।

एन आर एन ए का सभापति जीवन बहादुर शाहीको प्रमुख आथितयतामा सम्पन्न कार्यक्रममा ओस्लोमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न ६०० बढी दर्शकहरुको उपस्थिती रहेको थियो ।

ओस्लो भित्र र बाहिरका गरी १२ टिमको सहभागिता रहेको पुरुष तर्फको भलिबल खेलको बिजेता एन. बि. स्पोर्ट्स् नर्वे बन्न सफल रहयो। निकै रोमाञ्चक फाइनल खेलमा एभरेष्ट इद्रेत्स्लाग माथी जित निकालेको थियो। त्यसै गरी महिला तर्फबाट विजेता जेएस्एस नर्वे (बि) ले फाइनलमा जेएसएस(ए) लाई पराजित गर्यो।

प्रतियोगितामा पुरषतर्फको उत्कृष्ट खेलाडीको पदक महेन्द्र खड्काले प्राप्त गरेका थिए भने फेयर प्ले अवार्ड ट्रोमसो बाट आएको टिमलाई प्रदान गरिएको थियो। आगामी वर्षमा समेत यस्तै किसिमका कार्यक्रमलाई निरन्तरता दिने र सहभागिता शुल्क समेत घटाउने प्रस्ताव बोर्ड बैठकमा लगिने संयोजक मिश्रले बताए।

कार्यक्रम कार्यवहाक सभापति टीकाराम आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.