शुक्रबार देशभर थपिए ३ हजार ५ सय १७ काेराेना संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ५१७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ४ हजार ९६ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९२० पुगेको छ।

हिजाे बिहीबार २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

Facebook Comments