काठमाडाैं उपत्यकामा एकै दिन थपिए ६९६ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण प्रष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ६२०, ललितपुरमा र भक्तपुरमा ३८ / ३८ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् । यस्तै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३२२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments