चीनलाई अमेरिकाको चेतावनी

वासिङ्टन । युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्न चेतावनी दिएको छ ।

यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामग्री रुसलाई उपलब्ध गराउन नरोकेमा वासिङ्टनले कडा कारबाही गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका हुन् ।

शीतयुद्धपछि युरोपको सुरक्षा सबैभन्दा ठुलो खतरामा परेको र चीनले त्यसको विरुद्धमा काम गरिरहेको ब्लिङ्केनले स्पष्ट रूपमा चिनियाँ विदेशमन्त्रीलाई बताए ।तर, ब्लिङ्केनले अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भन्नेबारे केही भनेनन् ।

ब्लिङ्केनले अमेरिका केही विषयमा अगाडि बढेको सङ्केत गरेका छन् । ब्लिङ्केन २४ देखि २६ अप्रिलसम्म तीन दिने चीन भ्रमणमा आएका थिए ।

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने चेतावनी दिएका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.