चीनले नेपाली भूमि अतिक्रमण गरेको हो ?

चीन । चीनले नेपालको २८ हेक्टर जमिन अतिक्रमण गरेको दाबी गरिएको छ । नेपालका विभिन्‍न चार जिल्ला हुम्ला, रसुवा, संखुवासभा र सिन्धुपाल्चोकमा चीनले नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ ।

सन् १९६२ मा चीनले नेपालको गोर्खा जिल्लाको सिंगो गाउँ नै आफ्नो बनाएकाे र पछि त्यसलाई सरकारले सम्झौतामार्फत समाधान गरिएको बताइएको छ । नेपाली सीमामा सीमा पिलरहरु सारेर नेपाली भूमि अतिक्रमण गरेको स्रोतले बताएको भारतीय सञ्‍चारमाध्यमले लेखेका छन् ।

गोरखाको रुइ गाउँ नै चीनले कब्जा गरेको भनेर विभिन्‍न सञ्‍चारमाध्यमहरुले समाचार लेखेका थिए । उक्त समाचारमा सीमास्तम्भरु सारेर गाउँ नै कब्जा गरिएको बताइएको थियो । गोरखाका एक स्थानीय पत्रकारलाई सन्डे गार्जियनसँगको कुराकानीमा नेपालको रुइ गाउँमा चीनले सन् १९६२ मा कब्जा गरेको बताएका छन् ।

नेपाल–भारतबीच लामो समयदेखी कायम रहेको सीमा बिवाद पटक–पटक बल्झिने गरेको छ । भारतले आफ्नो दाबी गर्दै आएको लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरको थियो । तर चीनले अतिक्रमण गरेको भूभागबारे भने सरकार बेखबर जस्तै छ ।

जसले उत्तरी छिमेकी चीनसँग वर्षौंदेखिको सीमा अतिक्रमण सम्बन्धी विवाद कायमै छ ।गोरखा र दार्चुलाका एक–एक नेपाली गाउँ चीनले अतिक्रमण गरेको स्थलगत अध्ययन र संवैधानिक तथा सरकारी निकायका प्रतिवेदनले पहिचान गरेको थियो । तर यससम्बन्धमा नेपाल सरकारकै बेवास्ता र ढिलासुस्तीका कारण सन् २००५ पछि चीनसँग सीमावार्ता हुन सकेको छैन ।

सन् २०१२ मा हुन लागेको वार्ता अचानक स्थगित गरेको नेपालले त्यसपछि कुनै वार्ता र कुटनीतिक पहल गरेको छैन । मानव अधिकार आयोगका सदस्यद्वय गोविन्द शर्मा पौड्याल र मोहना अन्सारीको टोलीले २०७२ देखि २०७६ सम्म सीमा क्षेत्रको अवस्थाको स्थलगत अध्ययन गरी चीनसित कूटनीतिक पहल गरी अतिक्रमित ९९ रोपनी नेपाली भूभाग फर्काउन सरकारलाई निर्देशन दिएको थियो ।

विभिन्‍न सञ्‍चारमाध्यममा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने समाचारहरु प्रकाशन भएपछि नेपाली कांग्रेसका सांसदहरुले सरकारलाई चीनले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव गरेका थिए ।

कांग्रेसले संकल्प प्रस्ताव दर्ता गराएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनले नेपालको कुनै पनि भूभाग अतिक्रमण नगरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल-चीनबीच कुनै सीमा समस्या नभएको र आगामी दिनमा कुनै समस्या सिर्जना भएमा संवादमार्फत समाधान गरिने बताइएको थियो ।

Facebook Comments