पार्टी छोडेर जानेहरुमाथि सीके राउतले लगाए ‘जासूस’को आरोप!

काठमाडौं । जनमत पार्टी परित्याग गरेका कैलाश महतोसहितका नेताहरुलाई डा.सीके राउतले ‘खतरनाक जासूस र घुसपैठिया’को आरोप आरोप लगाएका छन् ।

डा. राउतले भनेका छन्, ‘कैलाश महतोले ९० जना हाम्रा नेतालाई भारतमा पक्राऊ गराउनेवाला थिए । त्यही दिनदेखि घूसपैठ गरिएको पहिचान भएर आन्तरिक रूपमा उसलाई कहिले ‘कोर टीम’मा राखिएको थिएन ।’

डा.राउतको सचिवालयले जारी गरेको वक्तव्य :

कैलाश महतोले ९० जना हाम्रा नेतालाई भारतमा ३पक्राऊ गराउनेवाला थिए। त्यही दिनदेखि घूसपैठ गरिएको पहिचान भएर आन्तरिक रूपमा उसलाई कहिले ’कोर टीम’मा राखिएको थिएन।

२०७४ सालमा गठबन्धनमाथि लगभग पूर्ण प्रतिबन्ध लागेको थियो। सरकारले बैठकसम्म बस्न दिइराखेको थिएन। दुई वर्ष हुन लागेको थियो बैठक न बसेको। अन्तिममा केन्द्रिय नेताहरूले जसरी पनि बोर्डर क्रस गर्ने, भारतमा तीर्थयात्राको लागि बिहारको ’गया’ जाने र चलिराखेको रिजर्वड बस वा धर्मशाला भित्रै राष्ट्रिय परिषद्को बैठक गोप्य तरिकाले गर्ने योजना थियो। तर ४–५ जना नेतामा मात्र सिमित रहेको त्यो अतिगोप्य र संवेदनशील सूचना २(३ दिनमै ३दरभंगामा रहेको ३भारतीय ३एजेन्टलाई ३कैलाश महतोले भेटेर सशस्त्रको “नक्सलवादी“ समूहको आरोपमा भारतबाटै गठबन्धनका ८०–९० जना सबै नेतालाई ३पक्राऊ गराउने योजना बनायो। तपाईंलाई पत्यार छैन भने कैलाश महतोको २०७४ सालको कल डिटेल्स निकालेर हेर्नुस् । यही कारणले डा. साहबले बरू नेपालमा जेल जान रोजे, तर भारतमा गएर कुनै बैठक वा गतिविधी गरेनन्। सो कुराको सूइंको पाए पछि डा. साहबले अन्तिम समयमा भारतमा हुने भनिएको त्यो बैठकनै स्थगित गरेको थियो। त्यो राष्ट्रिय परिषद्को बैठक नै हुन सकेन। पछि २०७४ सालको अन्तिममा चैत १–२ गते अति नै गोप्य तरीकाले राष्ट्रिय परिषद् सिरहामा गरिएको थियो, जहाँ सहभागीहरूलाई बैठक कुन शहरमा हुने ठाउँको पतो पनि नदिएर २०–३० किलोमीटर पर नै मोबाइल र सरसामान खोसेर गोप्य तरीकाले ल्याइएको थियो। ट्रेस हुन नदिन मोबाइल पनि संकलन गरेर अर्कै जिल्लामा राखिएको थियो।
संगठनमा घूसपैठ गरेर यो षडयन्त्र रच्ने र सशस्त्र समूहसँग जोडिदिने त्यतिबेलापनि केही व्यक्तिहरूको पर्दाफाश भएको थियो र अझै पनि केही व्यक्तिहरू पर्दापछाडि नै छन्। एनआरएमए संगठन फैलेको ईर्ष्यामा पार्टीहरूले विदेशमा पनि आफ्ना एजेन्ट “सीके राउतको दूत“ भनेर खटाएका थिए। देश विदेशका यस्ता घूसपैठियाहरूको रहस्य पनि उद्घाटन आफैं हुँदै जानेछ। हेर्दै जानुस्।
प्रत्येक बम विष्फोट गरे वापत २० हजार दिने भन्ने कुनै सशस्त्र समूहका नेतासँग हाम्रो कार्यकर्ताहरूलाई लगेर सम्पर्क गराउने यिनै घूसपैठिया टीमका सदस्यहरू थिए। त्यतिबेला पनि त्यसको प्रमाण सहित च्याट रेकर्ड देखाएर यिनीहरूसँग स्पष्टीकरण लिइएको थियो। यस्तै गतिविधिले गर्दा डा. साहबलाई गांधीवादी शान्तिपूर्ण आन्दोलनका लागि पटक(पटक जोड दिएर प्रशिक्षण दिनु परेको थियो र सगठनलाई शान्तिपूर्ण बनाइराख्न कडा मेहनत गर्नु परेको थियो।

२०७१ सालमा जतिबेला डा. साहब जेलमा हुनुहुन्थ्यो, त्यतिबेला कैलाश महतो कहिले मातृका यादव समूह त कहिले तमरा अभियान चहार्दै हुनुहुन्थ्यो। पछि जेलबाटै पद दिए पछि मात्रै लागेको हो। एमाले, फोरम, सद्भावना सबै हुँदै कुन पार्टी जान छोड़को छ ?

गठबन्धन जतिबेला फिल्डमा बेस्सरी मेहनत गर्दैथियो, त्यतिबेला २०७० सालमा कैलाश महतो विदेशी शक्तिबाट ५ लाख लिएर चुनाव लडेका थिए।

केन्द्रिय समितिको ३निर्णयको ३फोटो ३खिंचेर विरोधी पार्टीहरूसँग सांठगांठ गरी निर्वाचनको समयमा त्यसलाई ३कुप्रचार गर्न लगाएर निर्वाचनमा हराउने प्रपञ्च गरेको यिनकै धूसपैठिया टीम र यही केन्द्रिय सदस्यहरूले गरेको थियो।

काठमाडौंमा २०७६ साल ३मंसीर ७ गते आमसभा हुन नदिन अनेकौं षडयन्त्रहरू गरेको थियो। केही स्वयंसेवकहरूले उनको फोन रेकर्डिंग नै दिन सक्छन्।

गठबन्धनका गोप्य जानकारीहरू दूताबासमा बुझाउँदै आएको। सो विषयमा स्पष्टीकरण माग्दा, हैन मेरो छोरालाई जसरी पनि दूताबासको ३स्कलरशीपमा पठाउनु छ, त्यही भएर मैले सूचना दिएको हो, भनेर सीधै भनेको।

जुन ११ बूँदे सम्झौताको विरोधको बहाना अहिले बनाएको छ, त्यसको कतिवटा बूँदाहरू यिनले आफैं ड्राफ्ट गरेका हुन् । हस्तलिखित रुपमै त्यसको प्रतिलिपी उपलब्ध छ। त्यससँग असंतुष्टि भए त त्यतिबेलै छोड्नुपर्थ्यो। तर यो सब दिग्भ्रमित गर्ने बहाना मात्रै हो। यिनको असंतुष्टि सम्झौता हुँदा मंचमा किन बसाइएन भनेर हो, जसलाई यिनले बैठकहरूमा राख्दै आएका थिए। नाम त यिनको मंचमा बस्न बोलाइएको थियो, सुनेन भनेर कसले के गर्ने ?
खास कुरा अहिले आन्दोलनमा ’जनमत पार्टी’ ले हरेक ठाउँमा ’लीड’ लिई राख्दा विरोधी पार्टीहरुसँग पैसा लिई सांठगांठ गरेर आन्दोलन तुहाउन सामूहिक राजीनामाको मंचन गरेका हुन्। प्रदेश सरकारका मंत्री र उच्च कर्मचारीहरूको खुल्लमखुल्ला लगानीमा पार्टी फोडने पहिला पनि कसरत गरेकै हुन्। प्रदेश सरकारका मंत्री र उच्च कर्मचारीहरूले यिनीहरूलाई जतिपनि पैसा दिन्छु, सिके राउतको पार्टी फोड्नुस, अहिले अर्को खोल्नुस र पछि कार्यकर्ताहरू लिएर हामीसँगै मिल्नुस् भनेर भनेकै हुन्।

यथार्थमा यिनीहरू संगठनमा निष्क्रिय नै छन्, त्यसैले संगठनलाई कुनै फरक पर्दैन। खाली हरेक ठाउँका नेता कार्यकर्ताहरू यस्ता खतरनाक घूसपैठिया र जाूससहरूसँग सावधान हुन र संगठनलाई ३दुरुपयोग गर्न कुनै ठाउँ न दिन अनुरोध छ।
धैर्य गरौं। सत्यमा अडिग रहौं। विरोधी पार्टीले अझै पनि देश विदेशमा कतिलाई घूसपैठ गराएको छ। यी घूसपैठियाहरू आफैं नाङ्गिनेछन्। इतिहासले सबै कुरा स्पष्ट पार्नेछ। खाली सावधान रहौं।

Facebook Comments