अन्तर्राष्ट्रिय समाचार संस्थाको दाबी: अल सबाबका कमाण्डर नेपाली नागरिककाे इन्काउन्टर

काठमाडौं । मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरलाई सोमालियाका सरकारी सुरक्षा फौजले इन्काउन्टर गरी मारेका छन्। अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको त्यहाँको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा बताएको छ।

हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ। रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ। हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन्। उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन्।

सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन्। उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए। सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ।
त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन। एजेन्सी

Facebook Comments