एजेन्सी । अमेरिका र चीनबीचको व्यापार युद्ध समाधान हुनै लाग्दा नोभेल कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएपछि पुन: दुबै मुलुकबीचको सम्बन्धमा दरार पैदा भएको छ । अमेरिका-चीन सम्बन्धमा दरार पैदा हुँदा आईपीओको स्वास्थ पाइपलाइन हङकङमा ओइरिएको छ ।
अमेरिका-सूचीकृत विशाल चिनियाँ गेमिङ नेटिज गत साता हङकङमा सहायक सूची सार्वजनिक गरेको छ । त्यसैगरी चिनियाँ ई-कर्मस जेडी डटकमले पनि आफ्नो व्यापार हङकङमा केन्द्रित गरेको छ ।
“नेटिजले गत साता सक्यो । हामीसँग अहिले जेडी डटकम छ । हाम्रो निकै स्वस्थ पाइपलाइन बनेको छ । सम्पूर्ण चुनौतीका बाबजुद पनि पनि स्वस्थरुपमा आईपीओको स्वस्थ बजारले हामीलाई केही चकित बनाएको छ,” हङकङ एक्जेन्ज एन्ड क्लियरिङका कार्यकारी प्रमुख चार्ल्स लीले सीएनबीसीसँग भने ।
हङकङको आर्थिक सेवाका सेक्रेटरी र कोषाध्यक्षले प्रविधि कम्पनीहङ एसियाली फाइनान्सियल हबमा केन्द्रित भएको बताएका छन् ।
विभिन्न मुद्दाहरुमा पछिल्लो समय बेइजिङ र वाशिङ्टनकाबीच तनाव सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग हङकङको अधिमान्य व्यापार स्थिति खारेज हुने घोषणा गरेका थिए ।
Facebook Comments