भारतीय सेना जसले गलवान भ्यालीमा चार चिनियाँलाई घिसारेर मैदानमा पुर्‍याए

एजेन्सी । भारतको पञ्‍जाबको घातक प्लाटुनका मित गुरतेज सिंहले पूर्वी लद्दाखको गलवान भ्यालीमा चार चिनियाँ सेनालाई घिसारेर मैदानमा ल्याएका थिए ।

१५-१६ जूनमा चिनियाँ सेना एलएसी पार गरेर भारतीय क्षेत्रमा प्रवेश गरेपछि भारत-चीनबीच हिंसात्मक झडप भएको थियो ।

उक्त झडपमा बिहार रेजिमेन्टमा १६ जना सैनिकलाई चिनियाँले मारेपछि आक्रोशित बनेका मित गुरतेजले घिसारेर ल्याउँदै गर्दा उनी खोचमा फसेका थिए । उक्त खोचमा फस्दा उनको टाउकोबाट रगत बगिरहे पनि उनले चारजनालाई छोडेनन् ।

उनले एक्लै १२ चिनियाँलाई मारेको र आफूले पनि शहादत प्राप्त गरेको बताइएको छ । २३ वर्षीय मिर गुरतेज सर्वोच्च शहादत प्राप्त गरेका छन् ।

Facebook Comments