काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्याइएको घोषणा गरे ।
यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो । त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ ।
यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ ।
अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।
त्यसैगरी विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्याइएको छ ।
हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।
Facebook Comments