नेपालमा अन्तरिम सरकार गठनप्रति भारतको स्वागत

भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोप्रति स्वागत व्यक्त गरेको छ।

भारतीय विदेश मन्त्रालयले जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश समेत रहेकी सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले नेपालमा शान्ति र स्थायित्वलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “नजिकको छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको हैसियतले भारत नेपालसँग नजिकबाट सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहन्छ। हाम्रो दुई देश र जनताको समृद्धि र कल्याणका लागि भारत नेपालसँगै काम गर्नेछ।”

भारतले नेपालको नयाँ राजनीतिक यात्राप्रति समर्थन जनाउँदै दुवै मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा राखेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.