किन नेपाल आउँदैछ स्वास्थ्य सेवाकाे नाममा चिनियाँ सेना?

२ तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी ओली नेपालमा किड्नी प्रतिस्थापन गराए लगत्तै उनले नेपालले सबै प्रकारका मेडिकल उपचार आफैं गर्न सक्षम रहेको कुरा प्रकाश बताएका थिए।

नेपाल चिकित्सा क्षेत्रमा आत्मनिर्भर भयाे भन्दै उनले यही आफ्नाे स्वास्थ्य उपचार गराए। याे प्रधानमन्त्रीकाे सकारात्मक कदम हाे तर नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधिसहि विभिन्न सञ्चार माध्यमले कोभिड-१९ को संकटकाे बेलामा नेपाल र जनताको क्षमतालाई कमजोर पार्ने चिनियाँबाट सहयोग खाेज्नु लाेकतन्त्रलाइ धरापमा पार्ने काम भइरहेकाे बताएका छन्।

प्रधानमन्त्रीले भित्राभित्रै कोभिड-१९ बिरूद्ध लड्न चीनबाट सबै प्रकारको सहयोग खोजेर विश्वलाई के सन्देश दिन लागेका छन्। के नेपाल स्वास्थकर्मी, प्रशासन र राजनीतिक नेताहरू काेभिड-१९ बिरूद्ध लड्न असमर्थ छन्? चिनियाँहरूले नेपाललाई यसको समर्थनको सट्टामा धेरै चीजहरू लिन्छन्।

यसका उदाहरणकाे रूपमा हामी चीनकाे ऋण नीतिलाइ नियाल्न सक्छाैँ, चीनले जुन जुन देशलाइ ऋण दिएकाे छ त्याे देश चीनले गलत काम गर्दा पनि बाेल्न सकेकाे छैन।

चिनियाँ सेना नेपाल आउने तयारी बारे भारतीय मिडियामा समाचार प्रकाशन भएसँगै राजनीतिक दल र संसदमा समेत यसबारे बहस सुरु भएको छ । कांग्रेस नेता विमलेन्द्र निधीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा स्वास्थ्य सहयोगको वहानामा चिनियाँ सेना नेपालमा झार्ने तयारी भएको भन्दै त्यसको विरोध गरेका छन् ।

निधीले विभिन्न स्रोतबाट प्राप्त जानकारी उद्धृत गर्दै १५ सय चिनियाँ जनमुक्ति सेनाको टोली आउन लागेको खुलासा गरेका छन् । सरकारका यस्ता कदमले लोकतान्त्रिक अधिकार कुण्ठित बन्ने चिन्ता कांग्रेस नेता निधीले व्यक्त गरेका छन् । साथै कम्युनिष्ट शासन लाद्न खोजेको उनको आरोप थियो ।

भारतीय चर्चित पत्रिका ‘द हिन्दु’ले चिनियाँ सेना नेपाल आउने समाचार यही जुन ७ मा प्रकाशन गरेको थियो । द हिन्दुका अनुसार नेपालमा कोरोना महामारी बढिरहँदा मेडिकल सहायताका लागि भन्दै चिनियाँ जनमुक्ति सेना नेपालमा आउने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भिडिओ कलमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसँग चिनियाँ जनमुक्ति सेनाको मेडिकल टिमलाई नेपाल ल्याउने सम्भावनाबारे छलफल गरेको द हिन्दुको दावी छ ।

यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक नेताले संसदमै प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले स्वास्थ्य संकटकाल लगाएर चिनियाँ जनसेना नेपाल ल्याउन लागिएको बारे सरकारले जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका हुन् ।

नेपाल सरकारले भने यसबारे अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । अर्कोतर्फ, भारत काेभिड-१९ को साथ आफ्नै लडाईमा रहेको छ र अन्य आवश्यक राष्ट्रहरूलाई पनि सहयोग गर्दै छ।

Facebook Comments