काठमाडाैं । ललितपुरको बाँडेगाउँमा एक पुरुषको हत्या भएको छ । भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको हो ।
‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’
मृतकका भिनाजु लक्ष्मी बहादुरका अनुसार २ बजे राति घरबाट बोलाएर हत्या गरिएको हो । घटना भएको थाहा पाएलगत्तै उनी घटनास्थल जान लागेको जानकारी दिए ।
Facebook Comments