माले । नेपाल र भारतबीच साफ चयाम्पियनसिप २०२१ को फाइनल खेल सुरु भएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा खेल सुरु भएको हो ।
नेपालले ४–५–१ लाइनअपमा खेलेको छ । नेपालका लागि पहिलो रोजाइमा गोलकिपर तथा कप्तान किरणकुमार लिम्बु रहेका छन् ।
त्यस्तै पहिलो रोजाइमा डिफेन्डरका रूपमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल रहेका छन् ।
मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र रोहित चन्द रहेका छन् । आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।
अन्जन विष्ट भने दोहोरो पहेँलो कार्ड पाएका कारण मैदान बाहिर रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि दर्शकदिर्घामा मात्र रहनेछन् । उनलाई साफले दोहोरो पहेँलो कार्ड पाएको भन्दै फाइनलमा प्रतिबन्ध गरेको हो।
https://www.facebook.com/dishhome/videos/409768570802559











Facebook Comments