पहिलो हाफमा नेपाल र भारतको बराबरी

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा दुबै टिमले पाएको मौकामा गोल निकाल्न सकेनन् ।

आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ ।

भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।

Facebook Comments