काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान नेपालले टस जितेर बलिङ रोजेको हो । कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् ।
नेपालले आज दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ ।
पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
यस्तो छ नेपालको प्लेइङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, ललितनारायण राजवंशी ।
Facebook Comments