Year: 2021

माओवादीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता र पैसाप्रति आशक्ति बढेको प्रचण्डको निष्कर्ष

माओवादीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता र पैसाप्रति आशक्ति बढेको प्रचण्डको निष्कर्ष

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रति आशक्ति बढेको निष्कर्ष निकालेका छन्। यो स्थिति बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव नहुने उनले उल्लेख गरेका छन्। पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले जनताले माओवादी र अन्य पार्टीमा खासै भिन्नता नदेखेको बताएका छन्। 'सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त हो। पार्टीका नेता-कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाइखुवाइ, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता-कार्यकर्ता र जनताबीचको सम्बन्ध वैयक्तिक,…
Read More
हायात होटलको १४८ रोपनी जग्गा सरकारका नाममा फिर्ता गर्छुः पर्यटनमन्त्री आले

हायात होटलको १४८ रोपनी जग्गा सरकारका नाममा फिर्ता गर्छुः पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफूले हुवहु पालना गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले सरकारी स्वामित्वमा रहेको १४८ रोपनी जग्गा तारागाउँ विकास समिति (हायात हाेटल)ले आफ्नो नाममा पारेको र यसलाई फिर्ता गराउने सम्बन्धमा समितिले पनि निर्देशन दिएको उल्लेख गर्दै सो जग्गा फिर्ता ल्याउने प्रतिवद्धता पनि जनाए । ‘तपाईंहरुले दिएका निर्देशन विगतमा के हो मलाई थाहा छैन, म हुबहु लागू हुनेगरी काम गर्नेछु । तारागाउँ विकास समितिको विषय गम्भीर छ । १४८…
Read More
निर्वाचनका लागि ९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने, नेपाल प्रहरीले माग्यो १४ अर्ब बजेट

निर्वाचनका लागि ९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने, नेपाल प्रहरीले माग्यो १४ अर्ब बजेट

निर्वाचनको तयारीका लागि नेपाल प्रहरीले १४ सय गाडी मागेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुले निर्वाचनका लागि आवश्यक स्रोत साधनको अनुमान बताएका थिए । प्रहरीले निर्वाचनका लागि हतियारदेखि गाडीसम्म माग गरेको छ । प्रहरी प्रधान कार्यालयले साना र ठूला गरी १४ सय थप गाडी आवश्यक हुने जनाएको छ । यीमध्ये केही गाडीहरु भाडामा लिन सकिने भएपनि अधिकांश किन्नुपर्ने बताईएको छ । जुनसुकै तहको भएपनि एकै चरणमा निर्वाचन गर्दा ७ हजार सुरक्षाकर्मीको अभाव हुने प्रहरीको विवरण छ । नेपाल प्रहरीले ९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने पनि जनाएको छ । तर, कम्तीमा १ हप्ताको फरक…
Read More
हरेक पटककाे राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा

हरेक पटककाे राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा

सुर्खेत । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेकाे आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्ताे आरोप लगाएका हुन् । ००७ साल, २०४६ साल र २०६२/०६३ काे जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए । ‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन् । त्यो सुशासन र विकासका लागि हो ।’ उनले भने, ‘तर नेताहरुले कहिले गण्डक, कोसी र कर्णाली बेचेका छन् । अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ ।’ नेपालमा ०४६ सालदेखि जनताको दु:ख दिने संसदीय…
Read More
माओवादीको बन्दसत्रको दोस्रो दिन के-के भयो ?

माओवादीको बन्दसत्रको दोस्रो दिन के-के भयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र दोस्रो दिन मंगलबार पनि जारी रह्यो । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए । मंगलबार भने प्रचण्डले प्रस्तुत गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि दिनभर समूहगत छलफल भयो । समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो । अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले बुधबार अपराह्न १२ बजेभित्र छलफल सक्नेछन् । समूहगत छलफलका लागि मंगलबार दिनभर…
Read More
नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले सम्बोधन गरिरहेका छन् । उनले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए ।
Read More
विप्लवलाई माधव नेपालकाे आग्रह- विचार र चिन्तन परिवर्तन गर्नुहोस्

विप्लवलाई माधव नेपालकाे आग्रह- विचार र चिन्तन परिवर्तन गर्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् । राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको जानकारी दिए । ‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भने–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ कार्यक्रममा अध्यक्ष नेपालले भने, अनि मात्र क्रान्ति सम्भव छ ।’ साथै उनले देशमा सरकार सञ्चालनको कार्यशैली परिवर्तनको खाँचो रहेको बताए । विकासका लागि विनियोजन रकम के कसरी खर्च भइरहेको…
Read More
वडाध्यक्षको निधनमा कांग्रेसले आधा झण्डा झुकाउने

वडाध्यक्षको निधनमा कांग्रेसले आधा झण्डा झुकाउने

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठको गएराति ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउँदै औपचारिक कार्यक्रम स्थगन गर्ने, एक दिन पार्टी कार्यालय बन्द गर्ने र कांग्रेसको झण्डा आधा झुकाउने निर्णय गरिएको जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिए । यस्तै, वडाध्यक्ष श्रेष्ठको निधनमा गाउँपालिकामा आज शोक बिदा दिइएको छ । विसं २०१५ असार ६ गते जन्मेका वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित रहेका थिए । सिकिस्त अवस्थामा गत माघ–२८ गते शहीद गङ्गालाल राष्ट्रिय…
Read More
एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उनले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गरे । उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरे । उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाए । एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाइ छ । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले…
Read More
अध्यक्ष नेपालले हात हल्लाएर कम्मर भाँचेपछि…

अध्यक्ष नेपालले हात हल्लाएर कम्मर भाँचेपछि…

काठमाडौँ । दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त रहने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हात हल्लाएर कम्मर भाँचेर नाचेको दृश्यले कार्यक्रमका सहभागी तथा दर्शकमा रमाइलो अनुभूति पाइएको छ । पार्टी निकट सांस्कृतिक सङ्गठनका गायक नवीन पौडेलले आज एक औपचारिक कार्यक्रममा ‘आयो समाजवादी’ बोलको गीत गाउँदा पूर्वप्रधानमन्त्री नेपालले प्रस्तुत गरेको नृत्यले सभाहलमा भएका दर्शकलाई मनोरञ्जन मात्र दिएन, विरलै पाइने यस्तो दृश्यले जनमतबाट सरकारको नेतृत्व गरी निरङ्कुशता लाद्न प्रतिगमनकारी कदम चाल्ने जो कोहीलाई पनि राम्रो सन्देश दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा नेपाल कम्युनिष्ट पार्टी (जनवादी) आज समाहित हुनका लागि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अतिथि दिर्घामा बसेका सबै अतिथिले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.