Year: 2021

स्पाइडर म्यान ‘नो वे होम’ बन्यो कोभिड महामारीका बेला सबैभन्दा बढी पैसा कमाउने चलचित्र

स्पाइडर म्यान ‘नो वे होम’ बन्यो कोभिड महामारीका बेला सबैभन्दा बढी पैसा कमाउने चलचित्र

काठमाडौँ : स्पाइडरम्यान शृङ्खलाको नयाँ भाग ग्लोबल बक्स अफिसमा कोभिड महामारी सुरु भएपछि एक अर्ब अमेरिकी डलर कमाउने पहिलो चलचित्र बनेको छ। 'स्पाइडर म्यान: नो वे होम' सन् २०२१ मा सबैभन्दा धेरै कमाउने चलचित्र पनि बनेको छ। यो चलचित्रले चिनियाँहरूले बनाएको कोरियाली युद्धसम्बन्धी चलचित्र 'द ब्याटल अफ लेक चान्जिङ' लाई पनि उछिनेको छ। उक्त चलचित्रले संसारभरि ९०.५ करोड अमेरिकी डलर कमाएको थियो। एक अर्ब डलरभन्दा धेरै कमाउने पछिल्लो चलचित्र सन् २०१९ को 'स्टार वार्ज: द राइज अफ स्काईवोकर' भएको मिडिया डेटा एनलिक्टिक्स कम्पनी कम्सकोरले जनाएको छ। अन्य कुनै हलीवुड चलचित्र कोभिड महामारी सुरु भएयता कमाइका हिसाबले बक्स अफिसको उक्त बिन्दुनजिक…
Read More
प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन्। लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले ट्वीट गर्दै महिला भलिबल टोलीलाई बधाई दिएका हुन्। प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई शुभकामना दिएका छन्। बङ्गलादेशमा मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो।
Read More
वर्षासँगै चन्द्रागिरीमा हिमपात

वर्षासँगै चन्द्रागिरीमा हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौFमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।
Read More

ललिता निवास जग्गा प्रकरणः राजनीतिक दलका नेतालाई उन्मुक्ति !

काठमाडौँ : ललिता निवासको सरकारी जग्गा खरिद बिक्री प्रकरणमा मुछिएका तल्लो तहका कर्मचारीलाई मात्र किर्ते मुद्दा दर्ता गर्ने तयारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका नेता तथा उच्च तहका कर्मचारीलाई छाडेर केही सीमित तल्लो तहका कर्मचारी र संलग्न जग्गा कारोबारीलाई मात्रै सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा चलाउने तयारी गरेको हो। ‘ललिता निवासको जग्गा वितरण तथा भोगचलन गर्नेविरुद्ध किर्ते प्रकरणमा मुछिएका राजनीतिक दलका नेताहरूलाई अभियोग नचल्न सक्छ। उच्च कर्मचारीहरूलाई पनि किर्ते अभियोग प्रमाणित नहुने भएकाले मुद्दा नचल्न सक्छ’, सिआइबीका अधिकारीले भने। सिआइबीले फरार रहेका अभियुक्त रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरेपछि नयाँ…
Read More
न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश स्थानमा वर्षा

न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ । बुधबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । बिहीबार भने देशभर…
Read More
आज पौष १४ गते बुधवारको राशिफल

आज पौष १४ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन उल्लासपूर्ण बित्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुँजी बजार या अरु व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्ममा मन पनि लाग्नेछ । तुला तुला (रा, रि, रु,…
Read More
खस क्षेत्री एकता समाजद्वारा मन्त्री श्रेष्ठको ध्यानाकर्षण

खस क्षेत्री एकता समाजद्वारा मन्त्री श्रेष्ठको ध्यानाकर्षण

काठमाडाैँ : खस क्षेत्री एकता समाज र विश्व मष्ट धर्म महासंघले संयुक्तरुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई सफल कार्यकालको बधाई दिँदै समाज र महासंघले संयुक्तरुपमा नीति तथा कार्यक्रम मा अघिल्ला सरकारले गरेका सम्झौता प्राथमिकताका साथ कार्यन्वयन गर्न ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसै सन्दर्भमा खस क्षेत्री एकता समाजसँग सरकारले गरेका चार बुँदे सम्झौता आजसम्म कार्यन्वयन नभएकोले सम्झौता कार्यन्वयन गर्दै खस जातिमाथिको राज्यद्वारा थोपारिएको अन्यायपूर्ण विभेद अन्त्य गरोस भन्ने हामी जोडदार माग गर्दछौ।
Read More
मुख्यमन्त्री राउत नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत छन् : विनय यादव

मुख्यमन्त्री राउत नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत छन् : विनय यादव

राजविराज । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत मियाँले नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत रहेको आरोप लगाएका छन् । सप्तरी जिल्लाको सदरमुकाम राजविराजस्थित बुद्धिजीवीहरुसँग अभियानको छलफल कार्यक्रममा अध्यक्ष यादवले मुख्यमन्त्री राउतमाथि यस्तो आरोप लगाएका हुन् । मधेशी, दलित, जनजाति, आदिवासी सम्पूर्णको अधिकारका लागि संघीय गणतन्त्र स्थापना भएको र यसै संविधानमा हिन्दू सनातन संस्कृतिको पहिचान स्वरुप संविधानलाई संघीय हिन्दू गणतन्त्र बनाउने आवश्यकता रहेको समेत उनले बताए । अध्यक्ष यादवले मधेशमा तालिवानी अतिवादीहरुको घुसपैठ अत्यधिक रूपमा भइरहेको र त्यसैको सेरोफेरोमा मुख्यमन्त्री राउतले मदरसा विधयेक लागू गर्न खोजेको आरोप लगाए । उनले भने, 'पाकिस्तानी आईएसआईका…
Read More
भारतीय महावाणिज्य दूतावासद्वारा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र कल्याणका विषयमा छलफल

भारतीय महावाणिज्य दूतावासद्वारा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र कल्याणका विषयमा छलफल

वीरगन्ज । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले भारतको ‘आजादी का अमृत महोत्सव’ विशेष सप्ताह अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि छलफल गरेको छ । अपाङ्गताका समस्याहरू बुझ्ने प्रवद्र्धन र सहयोग परिचालनको आवश्यकतालाई बुझाउन वाणिज्य दूतावासको परिसरमा ‘दिव्यांगताः कानूनी प्रावधान र सामाजिक मानदण्ड’ शीर्षकमा प्यानल छलफल गरिएको हो । प्यानल छलफलमा रोटरी क्लब अफ वीरगञ्जका सदस्य अभिषेक चौधरी, डा आनन्द झा, बालरोग विशेषज्ञ एवम् रोटरी क्लब अफ वीरगञ्जका सदस्य, डा. शास्वत प्रसाद, अर्थोपेडिक सर्जन एवम् वीरगन्जको रोटरी लिम्ब प्रोजेक्टका प्रमुख श्रीकृष्ण जी, रक्सौल सुन्दरपुरको लिटिल फ्लावर कुष्ठरोग कल्याणकारी संघका सचिव जोन थो, रक्सौलमा डंकन अस्पतालको सामुदायिक पुनस्थापना परियोजनाका इन्चार्ज,…
Read More
कांग्रेसको प्रदेश २ मा देउवा पक्षकै दबदबा, श्रेष्ठले ल्याइन् सर्वाधिक मत

कांग्रेसको प्रदेश २ मा देउवा पक्षकै दबदबा, श्रेष्ठले ल्याइन् सर्वाधिक मत

जनकपुरधाम - नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा संस्थापन पक्षकै दबदबा भएको छ । निर्वाचित ७२ जनाको प्रदेश कार्यसमितिमा ७ जना मात्रै इतरपक्षका विमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार निर्वाचित भएका छन् । सभापतिसहित ९ जना पदाधिकारिमा संस्थापन पक्षका सबै उम्मेदवार निर्वाचित भएका छन् । सभापतिमा कृष्णा यादव, उपसभापतिमा विरेन्द्र सिंह र चन्द्रखेर यादव,महामन्त्रीमा उपेन्द्र यादव र वृहपति कुमार श्रेष्ठ, सहमहामन्त्रीमा जयनारयण यादवर पशुराम चौधरी,महिला तर्फ सहमहामन्त्रीमा विन्दु यादव विजयी भएकी हुन् । यि सबै पदाधिकारी संस्थापन पक्षमा उम्मेदवार रहेका थिए । त्यसैगरि, खुल्लासहित विभिन्न कल्सटरमा ५६ सदस्यहरुको लागि निर्वाचन भएको थियो भने ५ जना विभिन्न कल्सटरमा निर्वाचित भएका थिए…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.