Year: 2021

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ

१४ पुस, विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो । प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो । हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेको थियो । १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले बताए । बैंकबाट…
Read More
तमु ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा

तमु ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं - सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ । आजको मन्त्रिपरिषद्को बैठकले तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Read More
जोर्डनको संसद् भवनमा सांसदहरूबीच कुटाकुट

जोर्डनको संसद् भवनमा सांसदहरूबीच कुटाकुट

अम्मान - जोर्डनको संसद्‌मा सांसदहरूबीच कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरूबीच संसद्भि‍त्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो । संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरूबीच चर्काचर्की भएको थियो । त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । ‘संसदमा सांसदहरूबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ संसदा…
Read More
गण्डकीमा मन्त्रीलाई जिम्मेवारी दिन अनुसूची परिवर्तन

गण्डकीमा मन्त्रीलाई जिम्मेवारी दिन अनुसूची परिवर्तन

पोखरा - गण्डकी प्रदेशमा विगत २ महिनादेखि विनाविभागीय मन्त्री रहेका दोबाटे विश्वकर्मालाई जिम्मेवारी दिन कार्यविभाजन नियमावलीको अनुसूची परिवर्तन गरिएको छ । सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले मंसिर २० र पुस १२ गते बसेको मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अनुसूची हेरफेर गर्ने प्रस्ताव स्वीकृत गरेको बताए । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका खड्काले अनुसूची परिवर्तन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगै रहेको आन्तरिक मामिला मन्त्रालयलाई निकालिएको बताए । ‘मन्त्रिपरिषद्को बैठकमा त्यस मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय भएको छैन,’ प्रवक्ता खड्काले भने, ‘मुख्यमन्त्री ज्यूको अधिकार भित्रको कुरा हो उहाँले आफैंले सोचेर जिम्मेवारी दिन सक्नुहुन्छ ।’ मुख्यमन्त्रीको पछिल्लो मनासय…
Read More
नेपाल एयरलाइन्सका दुई विमान एकाएक ग्राउन्डेड, सयौँ यात्रु अलपत्र

नेपाल एयरलाइन्सका दुई विमान एकाएक ग्राउन्डेड, सयौँ यात्रु अलपत्र

काठमाडौँ : नेपाल वायुसेवा निगमका दुई वटा विमान एकाएक ग्राउण्डेड भएका छन् । काठमाडौँबाट जापानको नारिता उड्न लागेको वाइडबडी विमान र कतारको दोहाबाट दुबई हुँदै काठमाडौँ आउन लागेको न्यारोबडी विमान ग्राउण्डेड भएका हुन् । नारिता उड्न लागेको वाइडबडी विमान ‘इलेक्ट्रिक’ समस्याका कारण काठमाडौँमै रोकिएको छ भने दुबई हुँदै काठमाडौँ आउन लागेको न्यारोबडी विमान दोहामै ग्राउण्डेड भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जापानको नारिता उड्न लागेको नाइन एन ए वाई वाइडबडी जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएको स्रोतले जनाएको छ । यस्तै दोहाबाट काठमाडौँ आउन लागेको नाइन एन वाई के न्यारोबडीमा पनि प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको हो । दुवै जहाज…
Read More
जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ

जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ

दाङ : दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुधबार कारागारका नाइके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ । उपचारका लागि भन्दै काराबारबाट निस्कीएका प्रहरी धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगई होटलमा पुगेका थिए । थकाली होटलमा…
Read More
१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो, खुलामा मात्र ७ हजार २०३

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो, खुलामा मात्र ७ हजार २०३

काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । सबैभन्दा बढी काेटा खुलामा ७ हजार २०३ रहेकाे छ । याेग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ। दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयाेगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेकाे छ । यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।
Read More
एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालको तलब एक करोड ५२ लाख, ८.४२% लाभांश बाँडिदै

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालको तलब एक करोड ५२ लाख, ८.४२% लाभांश बाँडिदै

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक करोड ५२ लाख ३७ हजार रुपैयाँ तलब भत्ता दिएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल छन्। बैंकले पुस २९ गते बार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको बार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक बर्ष कुल ब्यवस्थापन खर्च २ अर्ब २४ करोड रुपैयाँ गरेको छ। यसमध्ये एक अर्ब ५५ करोड रुपैयाँ कर्मचारी खर्च हो भने बाँकी ६९ करोड रुपैयाँ कार्यालय सञ्चालन खर्च हो। बैंकले प्रमुख कार्यकारी अधिकृतबाहेक उच्च ब्यवस्थापकलाई ३ करोड २६ लाख ३३ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ। बैंकको सभाले चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश…
Read More
बीमा कम्पनीको चुक्ता पूँजी दोब्बर बढीले बढाईँदै, पुराना कम्पनीले बोनस र मर्जरबाट पुर्याउनुपर्ने

बीमा कम्पनीको चुक्ता पूँजी दोब्बर बढीले बढाईँदै, पुराना कम्पनीले बोनस र मर्जरबाट पुर्याउनुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । हाल बीमा कम्पनीको चुक्ता पुँजी दोब्बरभन्दा बढीले वृद्धि गर्ने विषयमा छलफल भैरहेको बीमा समितिले जानकारी दिएको छ । हाल बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने विषयमा छलफल अघि बढाएको छ । हाल निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । तर समितिले जीवन र निर्जीवन बीम कम्पनीको चुक्ता पुँजी दोब्बर भन्दा बढीले वृद्धि गर्न लागेको हो । हाल बीमा समितिले निर्जीवन,…
Read More
एमसीसी पास गराउन एमाले फकाउँदै देउवा

एमसीसी पास गराउन एमाले फकाउँदै देउवा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति लिएका हुन् । ‘एमसीसी देशको हितमा आएको परियोजना हो । यसमा कसैले विमति राख्नुपर्ने अवस्था नै छैन, यो देशकै हितमा छ । एमालेको अघिल्लो सरकारलेसमेत यसलाई अघि बढाउन चाहेकाले उसको पनि साथ लिने भन्ने हो, त्यहीअनुसार छलफल भइरहेको छ,’ प्रधानमन्त्री देउवानिकट काँग्रेसका एक नेताले भने । सरकारका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.