विश्वविद्यालयमा जिन्स लगाउन प्रतिबन्ध
पञ्जाबः पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक विश्वविद्यालयले जिन्स लगाउन प्रतिबन्ध गरेको छ। विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीमाथि विश्वविद्यालयले जिन्स लगाउन प्रतिबन्ध गरेको हो। सो प्रतिबन्ध पञ्जाबस्थित युनिभर्सिटी अफ एग्रिकल्चरल फैसलावादले लगाएको हो। पाकिस्तानको संघीय शिक्षा निर्देशनालयले जिन्स लगाउनमा प्रतिबन्ध गर्न निर्देशन दिएको एक महिनापछि पञ्जाबको विश्वविद्यालयले सो नियम लागू गरेको हो। शिक्षा निर्देशनालयले जिन्समाथि प्रतिबन्ध लगाएसँगै विद्यार्थीहरुमा नयाँ पोसाक अनिवार्य गराएको डेली पाकिस्तान अखबारले जनाएको छ। सो अखबारका अनुसार नयाँ नियमअन्तर्गत विश्वविद्यालयमा अध्ययन गर्न आउने छात्रले सर्ट, टाइट र ग्रन्जेच जिन्स, धेरै गोजी भएको पाइन्ट र प्रिन्टेट टिसर्ट लगाउन पाउने छैनन। त्यस्तै छात्राहरुले भने जिन्स, टिसर्ट र सर्ट, पारदर्शी कपडा, चप्पल,…