यस्तो छ कांग्रेस नेताहरूको रोल नम्बर : शेखरभन्दा सुनिल थापा अगाडि
काठमाडौँ – नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवासँग पराजित डा.शेखर कोइरालाको वरीयता २०औँ नम्बर कायम भएको छ । नेपाली कांग्रेसले सबै नेताको वरीयता तोकेर सार्वजनिक गरेको विवरणमा कोइरालाको वरीयता २० नम्बर उल्लेख छ । सभापति शेरबहादुर देउवाले सभापतिमा पराजित कोइरालाभन्दा अगाडि राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका पूर्वसहमहामन्त्री सुनिल थापालाई राखेका छन् । थापाको वरीयता नम्बर १९ छ । १४औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने कोइराला सभापतिमा पराजित भएकोले स्वत: केन्द्रीय सदस्य बनेका हुन्। यसअघि सभापतिमा पराजित हुने उम्मेदवारलाई दोस्रो/तेस्रो वरीयतामा राख्ने कांग्रेसको परिपाटी भए पनि देउवाले यसपटक शेखरलाई २०औँ नम्बरमा राखेका हुन् । कांग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले सभापतिमा…