Year: 2021

आज पौष १६ गते शुक्रवारको राशिफल

आज पौष १६ गते शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन…
Read More
अर्जुन कपुरलाई कोरोना संक्रमण, तनावमा मलाइका

अर्जुन कपुरलाई कोरोना संक्रमण, तनावमा मलाइका

मुम्बई: बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनका बहिनी अंशुला कपुर पनि कोरोना संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यतिमात्र होइन, अनिल कपुरकी छोरी रिया कपुर र उनका पति करण बुलानी पनि कोरोनाबाट संक्रमित भएका छन्। कोरोना पोजिटिभ भएपछि उनीहरु अहिले क्वारेन्टीनमा रहेको बताइएको छ। अर्जुन कपुर हालसालै क्रिसमसको पार्टीमा सहभागी भएका थिए। उनी प्रेमिका मलाइका अरोराका साथमा करिश्मा कपुरले आयोजना गरेको पार्टीमा सहभागी भएका छन्। अर्जुन कपुरको कन्ट्याक्ट ट्रेसिङमा परेपछि मलाइका अरोरा तनावमा भएको समाचारमा उल्लेख छ। उनले विभिन्न टेलिभिजन शोहरुमा जजको भूमिका निभाइरहेकी छन्। त्यही कारण पनि उनी तनावमा रहेको बताइएको छ। स्रोतअनुसार कन्ट्याक्ट ट्रेसिङमा…
Read More
प्रधानमन्त्री दुई कार्यकाल, मन्त्री-सांसद चार कार्यकाल, ७० वर्षे उमेर हद

प्रधानमन्त्री दुई कार्यकाल, मन्त्री-सांसद चार कार्यकाल, ७० वर्षे उमेर हद

काठमाडौँ – माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर समूहगत निष्कर्ष सुनाउने काम सकिएको छ। आइतबार सुरु भएको महाधिवेशनमा दाहालले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमाथि २४ वटा समूह बनाएर छलफल गरेको माओवादीले बुधबार र बिहीबार बन्दसत्रमा निष्कर्षलाई प्रस्तुत गरेको नेता अमनलाल मोदीले जानकारी दिए। समूहगत छलफलका लागि सुरुमा २५ वटा समूह गठन गरिए पनि सम्पर्क मञ्च प्रदेशको दुईवटा समूहलाई एउटै समूहमा राखेपछि संख्या २४ वटा बनेको हो। प्रज्ञा भवनमा जारी बन्दसत्रमा बुधबार ११ र बिहीबार १३ वटा समूहका प्रमुखले निष्कर्ष प्रस्तुत गरेका थिए। प्रचण्डको प्रतिवेदनमाथि छलफल…
Read More
एमाले भुत्ते फलामको डल्लो मात्र : माधव नेपाल

एमाले भुत्ते फलामको डल्लो मात्र : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरेका हुन् । बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्ते भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्ते भयो । भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको सङ्कल्प नै छैन । निःस्वार्थ भावना पनि…
Read More
राणालाई महाअभियोग लगाउन प्रधानमन्त्रीले सत्तारुढ दलसँग छलफल गर्ने

राणालाई महाअभियोग लगाउन प्रधानमन्त्रीले सत्तारुढ दलसँग छलफल गर्ने

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । उनले यसका लागि सत्तारुढ दलभित्र छलफल गर्ने बताएका छन् । बिहीबार डा.गोविन्द केसी लगायत अभियान्तासँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । डा.केसी र प्रधानमन्त्री देउवाबीच भएको ९ बुँदे नयाँ सहमतिको बुँदा नम्बर २ मा ‘चोलेन्द्र शमशेर प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महाअभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने’ उल्लेख छ । बिहीबार बेलूकीसम्म बालुवाटारमा प्रधानमन्त्री देउवासँगै कांग्रेस महामन्त्री गगन थापा र डा.केसीसहित अभियान्ता मोहना अन्सारी लगायतको उपस्थिती थियो । साथै बाँकेकी निर्मला कुर्मीको हत्याको विषयमा सीआइबीलाई छानबिन गर्न…
Read More
भारतीय प्रधानमन्त्री मोदीलाई संसारको सबैभन्दा सुरक्षित कार

भारतीय प्रधानमन्त्री मोदीलाई संसारको सबैभन्दा सुरक्षित कार

काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ मर्सिडिज मेब्याक एस ६५० गाडी चढेका छन् । मेब्याक एस ६५० गार्डमा प्रधानमन्त्रीको सुरक्षाका लागि बीआर १० लेवलको सुरक्षा फिचर समावेश गरिएको कार हो । मोदी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्न नयाँ कारमा देखिएका थिए । मर्सिडिज मेब्याक एस ६५० संसारको सबैभन्दा सुरक्षित कार मध्ये एक हो । यो कारले एके-४७ राइफलको आक्रमण तथा १५ किलो टीएनटीको विस्फोटलाई पनि सहन सक्ने क्षमता रहेको छ । यसलाई बुलेटप्रुफ बनाउन यसको झ्यालमा पोली कार्बोनेट लेप लगाइएको छ । कारलाई बाहिरबाट मात्र नभई भित्रबाट पनि बुलेटप्रुफ तथा विषाक्त ग्याँसको आक्रमणबाट बच्न कारको क्याबिनमा छुट्टै भेन्टिलेसन…
Read More
कुमारी बैंकको सिष्टम ह्याक गर्ने ह्याकरको धम्की, एटिएम कार्डदेखि मोबाइल बैंकिङसम्मका सबै सेवा बन्द

कुमारी बैंकको सिष्टम ह्याक गर्ने ह्याकरको धम्की, एटिएम कार्डदेखि मोबाइल बैंकिङसम्मका सबै सेवा बन्द

काठमाडौँ । अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिनुभयो । उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको छ । धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जनाएको छ । बैंकले आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिष्टम बन्द…
Read More
गृहमन्त्रीलाई डिआइजीको चुनौती

गृहमन्त्रीलाई डिआइजीको चुनौती

काठमाडौं । गृह मन्त्रालयले गरेको सरुवा नेपाल प्रहरीका एक डिआइजीले अस्वीकार गरेका छन् । आफुलाई अपमान गरिएको भन्दै डिआइजी मुकुन्द आचार्यले सरुवा अस्वीकार गरेका हुन् । एक महिनाअघि गृह मन्त्रालयले आचार्यलाई लुम्बिनी प्रदेश कार्यालयको प्रमुखबाट लागू औषध अनुसन्धान ब्यूरोमा सरुवा गरेको थियो । पार्टीका नेताहरूको सिफारिसअनुसार काम नगरेको भन्दै उनलाई पाँच महिनामै लुम्बिनी प्रदेशबाट हटाइएको थियो । त्यसको क्षतीपूर्तिका लागि भन्दै ब्यूरोमा इन्चार्जका रुपमा पठाइएको थियो । तर, ब्यूरोमा डिआइजीको दरबन्दी नै थिएन । दरबन्दी नभएको ठाउँमा जान उनले अस्वीकार गरेका हुन् । इन्चार्जको लोभ छाडेर उनी प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छन् । कुनै गल्ती नगर्दा र राजनीतिक दलका…
Read More
एसपीभन्दा इन्सपेक्टर पावरफुल !

एसपीभन्दा इन्सपेक्टर पावरफुल !

रुपन्देही । नेपाल प्रहरीका एक इन्सपेक्टरले एसपीलाई समेत गुमराहमा राखेर असुली धन्दा चलाएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत इन्सपेक्टर भाष्कर चन्दले एसपी मनोज केसीलाई समेत थाहा नदिई जिल्लामा सेटिङ चलाएका छन् । उनले जिल्लाभित्रका विभिन्न प्रहरी चौकीहरूमा आफूनिकटका इन्चार्ज खटाएर असुलीधन्दा चलाइरहेका छन् । प्रहरी निरीक्षक चन्द जिल्ला प्रहरी कार्यालयमा प्रशासन फाँट हेर्छन् । कुन प्रहरीलाई कहाँ पठाउने र कसलाई इन्चार्ज दिने भन्नेमा प्रशासन फाँटको ठूलो हात रहन्छ । चन्दले आफूनिकटका असई र सईलाई पैसा कमाई हुने ‘मालदार’चौकीमा इन्चार्ज खटाउने गरेका छन् । उनले इन्चार्ज र हवल्दार तथा सिपाहीलाई चौकीमा खटाउँदा क्षेत्रीयताका आधारमा समेत पक्षपात गर्ने गरेको प्रहरी…
Read More
यी २८ वटा कम्पनीका आईपीओ निष्कासन हुँदैछन् , भर्ने होईन त अब ?

यी २८ वटा कम्पनीका आईपीओ निष्कासन हुँदैछन् , भर्ने होईन त अब ?

१५ पुस काठमाडौ । अहिले लामो सयम देखी धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नगर्दा लगानीकर्ताका लागि बजारमा बुनै पनि आईपीओ आउन सकेका छैन् । साधारण सेयर (आइपीओ) जारी गर्नका लागि अहिले २८ वटा कम्पनीहरु पाइपलाइनमा रहेका छन् । चार महिना भन्दा बढी समय देखी बोर्ड नेतृत्व बिहीन छ । यति लामो समसयम्म पनि सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन । बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि सरकारले उनलाई बर्खास्त गरिसकेको छ ।अहिले बोर्ड कायम मुकायमको भरमा चलि रहेको छ । जसले गर्दा पाइपलाइनमा रहेका कम्पनीले सार्वजनिक निष्काशन गर्न सकेका छैनन् ।बोर्डका अनुसार अहिले करिब १ दर्जन कम्पनी आइपीओ निष्काशन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.