अर्जुन कपुरलाई कोरोना संक्रमण, तनावमा मलाइका

मुम्बई: बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनका बहिनी अंशुला कपुर पनि कोरोना संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यतिमात्र होइन, अनिल कपुरकी छोरी रिया कपुर र उनका पति करण बुलानी पनि कोरोनाबाट संक्रमित भएका छन्। कोरोना पोजिटिभ भएपछि उनीहरु अहिले क्वारेन्टीनमा रहेको बताइएको छ। अर्जुन कपुर हालसालै क्रिसमसको पार्टीमा सहभागी भएका थिए।

उनी प्रेमिका मलाइका अरोराका साथमा करिश्मा कपुरले आयोजना गरेको पार्टीमा सहभागी भएका छन्। अर्जुन कपुरको कन्ट्याक्ट ट्रेसिङमा परेपछि मलाइका अरोरा तनावमा भएको समाचारमा उल्लेख छ। उनले विभिन्न टेलिभिजन शोहरुमा जजको भूमिका निभाइरहेकी छन्। त्यही कारण पनि उनी तनावमा रहेको बताइएको छ। स्रोतअनुसार कन्ट्याक्ट ट्रेसिङमा परेपछि मलाइकले पनि कोरोना परीक्षण गराएकी छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.