Year: 2021

‘यौन प्रस्ताव अस्वीकार गरेपछि फिल्मबाट निकाल्ने धम्की आयो’

‘यौन प्रस्ताव अस्वीकार गरेपछि फिल्मबाट निकाल्ने धम्की आयो’

एजेन्सी – बलिउड अभिनेत्री ईशा गुप्ताले फिल्म जन्नत २ मा फिल्मी दुनियाँमा पाइला टेकिन्। उनले डेब्यु फिल्मका अभिनेता इमरान हाश्मीसँग काम गरेकी थिइन्। त्यसपछि इशा राज थ्रीडी, हमशकल, रुस्तम, पलटन र बादशाहो फिल्ममा देखिइन्। उनले अभिनयबाट राम्रै चर्चा बटुेलेकी थिइन्। पछिल्ला समयमा पनि उनका धेरै फिल्महरु आएका छैनन्। लामो समय फिल्म क्षेत्रमा सक्रिय इशाले बलिउड बबलसँग कुराकानी गर्दै यस क्षेत्रको पर्दापछाडि हुने गतिविधि अभिनेत्रीमाथि हुने दुर्व्यवहारबारे नयाँ खुलासा गरेकी छिन्। अन्तरवार्तामा उनले फिल्मका निर्माताले रात बिताउन नमानेपछि फिल्मबाट निकाल्न चाहेको खुलासा गरेकी हुन्। उनले एक निर्मातासँग सुत्न नमानेपछि फिल्मबाट निकाल्ने धम्की दिएको बताएकी छिन्। ४–५ दिनको शुटिङ सकिएपछि निर्माताले आफूसँग…
Read More
फेसबुकले राख्यो नयाँ नाम ?

फेसबुकले राख्यो नयाँ नाम ?

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो ब्रान्डिङमा ठूलो परिवर्तन गर्दै आफ्नो कर्पोरेट नाम ‘मेटा’ राखेको छ । कम्पनीले नयाँ नामले आफूले गर्ने कामको राम्रो वर्णन गर्ने बताएको छ । यससँगै कम्पनीले सामाजिक सञ्जालबाहेक भर्चुअल रियालिटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउने भएको छ । फेसबुकले हालै ‘मेटाभर्स’ विकास गर्न युरोपमा १०,००० जनालाई भर्ती गर्ने घोषणा गरेको थियो । बिहीबार फेसबुकका सिइओ मार्क जकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा नाम परिवार्तनको घोषणा गरेका हुन् । ‘हामी त्यस्तो कम्पनी हो जसले जोड्नका लागि प्रविधिको विका गर्छौं,’ मार्कले भने, ‘सँगै अन्ततः हामी मानिसलाई हाम्रो प्रविधिको केन्द्रमा राख्न सक्नेछौं।’ उनले फेसबुक नामले मात्र कम्पनीका सबै कामबारे…
Read More
टेलिकम र एप्पल बिक्रेताबीच सम्झौता, आइफोन खरिदकर्तालाई प्रतिमहिना ५ जीबी डाफा फ्रि

टेलिकम र एप्पल बिक्रेताबीच सम्झौता, आइफोन खरिदकर्तालाई प्रतिमहिना ५ जीबी डाफा फ्रि

काठमाडौं । नेपाल टेलिकम र इभोलुसन ट्रेडिङ प्रालिले सहकार्यका लागि सम्झौता गरेका छन्। त्यसका लागि आइफोन खरिदकर्ताहरुलाई नेपाल टेलिकमको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउन टेलिकम र इभोलुनबीच सम्झौता भएको छ। नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको टेलिकमले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हिजो ९२०७८ कार्तिक १० गते० हस्ताक्षर गरेका छन्। उल्लेखित सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर…
Read More
किम जोङले २० किलो वजन किन घटाए ? यस्तो छ खुफिया रिपोर्ट

किम जोङले २० किलो वजन किन घटाए ? यस्तो छ खुफिया रिपोर्ट

एजेन्सी। दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार सांसदहरूलाई उत्तर कोरियाली नेता किम जोङ उनले हालै करिब २० किलोग्राम वजन घटाएको र स्वास्थ्य अवस्था राम्रो रहेको बताएको छ। एजेन्सीले बिग्रँदै गएको आर्थिक अवस्थासँग जुध्न किम जोङले जनताप्रतिको आफ्नो कर्तव्य पूरा गर्न प्रयास गरिरहेको जनाएकोछ । राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) ले संसदीय बैठकमा यो जानकारी दिएको हो। किमको अवस्थाबारे अनुसन्धान गर्न उसले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि, किमको भिडियोको विश्लेषण र अन्य विधिहरू प्रयोग गरेकोको थियो । किमको स्वास्थ्यमा हालैका महिनाहरूमा विशेष परिवर्तन भएको छ। किनभने उनी सञ्चारमाध्यम देखिएका तस्बिरमा निकै पातलो देखिएको छ । पछिल्लो समय किमले अमेरिकाले उत्तर कोरियाप्रति शत्रुतापूर्ण रवैया देखाएको वताउने…
Read More
यस्तो छ कार्तिक १२ गते शुक्रबारको राशिफल

यस्तो छ कार्तिक १२ गते शुक्रबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक १२ गते शुक्रबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ…
Read More
श्रीमान् मन्त्री बनेर एमाले भए, श्रीमती माओवादीमै रहेर मन्त्री बनिन्

श्रीमान् मन्त्री बनेर एमाले भए, श्रीमती माओवादीमै रहेर मन्त्री बनिन्

काठमाडौं : बागमती प्रदेशमा नयाँ सरकार गठन हुँदा नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान मन्त्री बनेकी छन्। नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेसँगै मोक्तानले पनि मन्त्रीको शपथ लिएकी छन्। कुमारी यसअघि संघीय सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका दाबा लामाकी श्रीमती हुन्। नेकपा माओवादीबाट राजनीति शुरु गरेका श्रीमान्–श्रीमतीमध्ये श्रीमान् एमालेबाट स‌ंघीय मन्त्री बने भने श्रीमती अहिले माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेकी हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ खेमामा विभाजित भएको थियो। एटटा खेमाको नेतृत्व ओलीले गरेका थिए भने अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार…
Read More
बैंग्लोरमा नेपाल-भारत सुरक्षासम्बन्धी चौधौँ बैठक सम्पन्न

बैंग्लोरमा नेपाल-भारत सुरक्षासम्बन्धी चौधौँ बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १४ औं बैंठक बैंग्लोरमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मक स्तरको संयुक्त भ्रमणको आदानप्रदान, संयुक्त रुपमा विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मामिला मन्त्रालय, भारतका संयुक्त सचिव (उत्तर) अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एशिया) तीर्थराज वाग्लेले गरेका थिए । बैठकमामा रक्षा, परराष्ट्र, गृह मन्त्रालय, भारतीय सेना र नेपाली सेनाको निर्देशनालय र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका…
Read More
‘निर्मातासँग सुत्न अस्वीकार गर्दा फिल्मबाट निकालियो!’

‘निर्मातासँग सुत्न अस्वीकार गर्दा फिल्मबाट निकालियो!’

काठमाडौं । बलिउड अभिनेत्री ईशा गुप्ताले आफ्नो एक्टिङ डेब्यू इमरान हाशमीसँग फिल्म ‘जन्नत–२’ मार्फत् गरेकी थिइन् । त्यसपछि अभिनेत्री ईशाले ‘राज ३ डी’, ‘हमशक्ल’, ‘रुस्तम’, ‘पलटन’, ‘बादशाहों’ लगायतका फिल्ममा काम गरेकी थिइन् । लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री ईशा गुप्ताले बलिउड बबलसँग कुराकानी गर्दै बलिउड उद्योगको ‘डार्क सिक्रेट’को बारेमा खुलासा गरेकी छन् । अन्तर्वार्तामा अभिनेत्री ईशाले भनेकी छन्, ‘एक निर्माताले मलाई फिल्मबाट निकाल्न चाहन्थे, किनभने मैले निर्मातासँग सुत्न इन्कार (अस्वीकार) गरेकी थिए । मेकअप आर्टिस्टसँग सेयर गर्थिन् रुम अभिनेत्री ईशाले भनेकी छन्, ‘सो समयमा मैले मेकअप आर्टिस्टसँग रुम सेयर गरेर सुत्ने गर्थेँ । मलाई डर लागिरहेको छ, यहाँ म…
Read More
सरकारले गर्‍याे तीन देशमा राजदूत सिफारिस, काे कहाँ?

सरकारले गर्‍याे तीन देशमा राजदूत सिफारिस, काे कहाँ?

काठमाडौं: सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतमा नेपाली राजदूत पठाउन संसदीय सुनुवाइ समितिमा नामहरु सिफारिस गरेको हो । यी देशबाट हालै सरकारले राजदूत फिर्ता बोलाएको थियो । स्वास्थ्य मन्त्री विरोध खतिवडाले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको हो ।
Read More
नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित तीन मन्त्रीले लिए शपथ

नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित तीन मन्त्रीले लिए शपथ

मकवानपुर : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री पाण्डेसँगै नेपाली काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका हुन्। नेपालको संविधानको धारा (२) को उपधारा ९१० बमोजिम नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ लिएका हुन्। भँडेललाई भौतिक पूर्वाधार, खनाललाई आर्थिक मामिला तथा योजना र मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.