काठमाडौं । नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १४ औं बैंठक बैंग्लोरमा सम्पन्न भएको छ ।
बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मक स्तरको संयुक्त भ्रमणको आदानप्रदान, संयुक्त रुपमा विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मामिला मन्त्रालय, भारतका संयुक्त सचिव (उत्तर) अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एशिया) तीर्थराज वाग्लेले गरेका थिए ।
बैठकमामा रक्षा, परराष्ट्र, गृह मन्त्रालय, भारतीय सेना र नेपाली सेनाको निर्देशनालय र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरू पनि सहभागी रहेका थिए ।