Year: 2021

मुख्य न्यायाधिवक्ता थपलियाद्वारा राजीनामा

मुख्य न्यायाधिवक्ता थपलियाद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन् । नेकपा (एमाले)ले बागमती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजिनामा दिएका हुन् । एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि थपलियाले पनि राजिनामा दिएका हुन् । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।
Read More
रावलको चिठीपछि ओलीको प्रतिक्रियाः मास्क खोल्नुस् भन्न चिठी लेख्नुपर्छ र !

रावलको चिठीपछि ओलीको प्रतिक्रियाः मास्क खोल्नुस् भन्न चिठी लेख्नुपर्छ र !

काठमाडौं । नेकपा एमालेले शुक्रबार महाधिवेशनको मापदण्ड र कार्यतालिका पारित गर्न भन्दै केन्द्रीय कमिटी बैठक डाकेको थियो । तर, बैठकमा माओवादीबाट एमालेमा समाहित भएका नेता प्रभु साह निकट दुई नेतालाई एकाएक केन्द्रीय सदस्यको शपथ खुवाइयो । एमाले अध्यक्षको ओलीको यो कार्यशैली उपाध्यक्ष भीम रावललाई पचेन । उनले बैठकमा शपथ देखेर अन्योलमा परेको प्रतिक्रिया जनाए । मञ्चमा बसेका ओलीले शपथ खुवाइसकेसँगै बैठक सुरु भयो । बैठकमा एमाले कैलालीका नेता झपट रावलले १० बुँदे कार्यान्वयन नभएको र कैलालीमा मापदण्ड पालना नगरीकनै पार्टी सदस्यता वितरण गरेको भन्दै संगठन विभाग प्रमुखलाई लेखेको पत्र बैठकमा पेस गरे । १० बुँदे सहमतिलाई ‘रटान’ भन्दै आएका ओली…
Read More
देउवा बेलायत जाँदा कसले पायाे कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ?

देउवा बेलायत जाँदा कसले पायाे कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। शुक्रबार बेलायत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले आफू नफर्किन्जेलका लागि खाणलाई जिम्मेवादी दिएको बताइएको छ। बिहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएका थिए। गृहमन्त्री खाणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन। वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाएका छन्। मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन्।
Read More
आजको मौसम : कहाँ-कहाँ पर्दैछ पानी ?

आजको मौसम : कहाँ-कहाँ पर्दैछ पानी ?

काठमाडौं । आज (शुक्रबार) देशका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ । राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
Read More
नुवाकोटमा तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

नुवाकोटमा तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का केशवप्रसाद पन्त, विदुर–५ का नवीन चित्रकार, विदुर–६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा–१० का सन्तोष त्रिपाठी, लिखु गापा–३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर–६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन्…
Read More
बुद्ध एयर जहाज प्रकरण : घुमाई फिराई पाइलटमाथि नै दोष !

बुद्ध एयर जहाज प्रकरण : घुमाई फिराई पाइलटमाथि नै दोष !

काठमाडौं । केही समयअघि दुर्घटनाबाट बचेको बुद्ध एयर प्रकरणमा चालकदलको कमजोरी भएको पाइएको छ। घटनाको छानबिन गर्न बनेको समितिले प्रतिवेदनमा चालकदलको कमजोरी भएको औँल्याएको छ। प्रतिवेदनले ल्यान्डिङ गियर खुलेको तर अघिल्लो रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको संकेत बत्ती बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्नुपर्नेमा तर त्यसको जाँच नगरी उडाएको पाइएका कारण चालक दल दोषी भएको उल्लेख गरेको छ। विमानको पांग्रा नखुलेपछि विराटनगरमा अवतरण हनु नसकेको विमान काठमाडौं फर्किएको थियो। वरिष्ठ क्याप्टेन ददिराम निरौलासहित चार सदस्यीय विज्ञको प्रतिवेदनले घटनासम्बन्धी छानबिन गरी चालक दललाई दोषी ठहर गरेको हो। ‘१५ हजार घण्टा जहाज उडाइसकेका वरिष्ठ क्याप्टेन अनि पाइलटका पनि गुरु–पाइलटबाट गल्ती हुन सक्छ’ भन्ने…
Read More
२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दै

२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाँदै छन्। उनी २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत जान लागेका हुन्। स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान १० बजे कतार एयरको उडानबाट लन्डन जान लागेको परराष्ट्र मन्त्रालयले दिएको छ। पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की,…
Read More
चीनलाई श्रीलंकाले भन्यो-‘बिग्रेको किटनाशक मल स्वीकार्य हुँदैन’

चीनलाई श्रीलंकाले भन्यो-‘बिग्रेको किटनाशक मल स्वीकार्य हुँदैन’

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले बिग्रेको चिनियाँ मल स्वीकार नगर्ने बताएका छन् । उनले यहाँका चिनियाँ राजदूतलाई बिग्रेको चिनियाँ मल बोकेको जहाज स्वीकार नगरिने जानकारी गराएका हुन् । साथै उनले कोलम्बोले दूषित ढुवानी प्रतिस्थापन गर्न नयाँ आदेश दिने कूटनीतिज्ञलाई आश्वासन दिए। श्रीलंकाका कृषि मन्त्री महिन्दादा अलुथगामागेले बिहीबार पत्रकारहरूलाई भने, 'चिनियाँ राजदूत क्यू जेनहोङले बुधबार प्रधानमन्त्रीलाई उनको आधिकारिक निवास टेम्पल ट्रीजमा भेटघाट गरेका थिए।' प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ राजदूतले मापदण्ड पूरा गर्न नसकेका कारण श्रीलंकाली अधिकारीहरूले खारेज गरेको मल ढुवानीबारे पनि छलफल भएको मन्त्री अलुथगामागेले पत्रकारहरुलाई जानकारी गराएका हुन् । श्रीलंकाको एक न्यूज च्यानलले मन्त्री अलुथगामागेलाई उद्धृत गर्दै भन्यो, 'प्रधानमन्त्रीले चीनबाट…
Read More
प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

काठमाडौँ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै थप आन्दोलन घोषणाको तयारी गरेको छ । कार्यसमितिको बैठक बसेर शुक्रबार जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुंग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो । बारले त्यस्तो चेतावनी दिँदा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनुपर्ने समय भने उल्लेख गरेको थिएन । ‘उहाँले आज–भोलिसम्ममा राजीनामा दिनुहोला भन्ने हाम्रो अपेक्षा थियो तर त्यसो गर्नुभएन । आफ्नै अडानमा रहनुभयो । अब…
Read More
सर्वसम्मत अध्यक्ष बन्ने ओलीको योजना सम्भव छ ? यी हुन् चुनौती दिने नेताहरु

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको योजना सम्भव छ ? यी हुन् चुनौती दिने नेताहरु

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ । तर, प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै आगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भएपछि बीचमै सक्रिय राजनीतिबाट बिदा नभई पूरा कार्यकाल जिम्मेवारी वहन गर्न पाउनेगरी भएको व्याख्या…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.