Year: 2021

अफगान नागरिक छिर्न नदिन नेपाल–भारत सीमामा कडाइ

अफगान नागरिक छिर्न नदिन नेपाल–भारत सीमामा कडाइ

काठमाडौं । अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ । तालिबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । खुला नाकाका कारण आफगानीहरू बाँके हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशनबमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाइ सुरु गरिएको जमुनाहा नाकाका…
Read More
यी स्थानमा वर्षा र हिमपात हुने

यी स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । अहिले देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शनिबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भु–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार राती देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भु–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना…
Read More
लण्डन पुगे प्रधानमन्त्री देउवा, हिथ्रो विमानस्थलमा स्वागत

लण्डन पुगे प्रधानमन्त्री देउवा, हिथ्रो विमानस्थलमा स्वागत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन पुगेका छन्। नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरे । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहनुहुने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनेछन्। प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन…
Read More
यस्तो छ कार्तिक १३ गते शनिबारको राशिफल

यस्तो छ कार्तिक १३ गते शनिबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक १३ गते शनिबारको राशिफल हेर्नुहोस्ः मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ। मिथुन जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा…
Read More
यौन काण्डमा फसाउन खोजेको भन्दै बास्तोलाद्वारा आत्महत्या

यौन काण्डमा फसाउन खोजेको भन्दै बास्तोलाद्वारा आत्महत्या

कास्की । पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । महानगरपालिका ११ फुलवारीका बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेर घरभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् :‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट, आज आफैँ पनि चैट ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बाँस्तोला बिहीबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताए । गएराति साढे तीन बजे फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको…
Read More
फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेल/मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम…
Read More
के कारणले भयो वकिलहरुबीच कुटाकुट ?

के कारणले भयो वकिलहरुबीच कुटाकुट ?

काठमाडाैं । सर्वोच्च अदालतमा न्यायाधीशले इजलास बहिष्कार गरेको विषयलाई लिएर वकिलहरुबीच कुटाकुट भएको छ। इजलास बहिष्कारको विषयलाई लिएर अधिवक्ता भूमिनन्द चुडाललाई अधिवक्ता विराट न्यौपानेले नेपाल बार परिसरमा हातपात गरेका हुन् । मध्याह्न साढे १२ बजेको समयमा कुटपिटका क्रममा अधिवक्ता चुडालको कोट च्यातिएको छ। उनले कानुनी प्रक्रियामा जाने बताएका छन्। अधिवक्ता चुडालले इजलास सुचारु हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए। अधिवक्ता चुडालले न्यायाधीशले इजालस बहिष्कार गर्न नमिल्ने बताएका थिए। अधिवक्ता न्यौपानेले भने नेपाल बार एसोसिएसनको निर्णयको समर्थन गर्दै न्यायधीशको अघोषित इजलास बहिष्कारको समर्थन गरेका थिए।
Read More
प्रधानमन्त्री देउवाको यस्तो अभिब्यक्तिमाथि गगन थापाको आपत्ति

प्रधानमन्त्री देउवाको यस्तो अभिब्यक्तिमाथि गगन थापाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् । गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन नमिल्ने उल्लेख गरेका छन् । 'यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको बिषय हो उसैले जानोस भनेर नजरअन्दाज गर्न मिल्छ? कदापि मिल्दैन । किनकि यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले, आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन यस मामिलामा मौन बस्नै मिल्दैन,'…
Read More
प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अल्टिमेटम दिएको छ । शुक्रबार बसेको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको हुँदा जबरालाई इजलासमा नबस्न पनि माग गरिएको छ । १४-१७ कात्तिकसम्म अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोधसभा गर्ने बारको निर्णय छ । न्यायपालिकाको समग्र सुधारका लागि र सेवाग्राहीलाई समान रुपमा सहज, सरल र शुपथ न्याय प्रदान…
Read More
बारमा दुई वकिलबीच मुक्का हानाहान (भिडियोसहित)

बारमा दुई वकिलबीच मुक्का हानाहान (भिडियोसहित)

काठमाडौं : नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । https://www.facebook.com/113633117158526/videos/2956853107909257
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.