Year: 2021

छठपर्व सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व : प्रधानमन्त्री

छठपर्व सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा उहाँले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् । साथै उनले यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको…
Read More
बलात्कारपछि अढाई वर्षीया बालिकाको हत्या

बलात्कारपछि अढाई वर्षीया बालिकाको हत्या

एजेन्सी । गुजरातको सुरत शहरमा दिवालीको रातमा बेपत्ता साढे २ वर्षीया बच्चीको हत्या गरी फालिएको शव प्रहरीले बरामद गरेको छ। पोष्टमार्टम रिपोर्टमा बच्चीको बलात्कार भएको र अप्राकृतिक यौनसम्पर्क गरेपछि मुख धुनेर मारिएको खुलासा भएको छ। निदोर्ष बच्चीलाई बलात्कार गरी दर्दनाक हत्या गर्ने एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुरत शहरको पाण्डेसरा थाना क्षेत्रमा आउने बडौद इलाकामा दीवालीको रात अढाई वर्षीया बच्ची बेपत्ता भएकी थिइन्। त्यसपछि परिवारजनले खोजी शुरु गरेको थियो। खोजी गर्दा पनि नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। ४ तारिखमा हराएकी बालिकाको खोजीमा प्रहरी पनि जुटेको थियो। ७ तारिखमा बच्चीको शव उनको करिब नजिकै खुला मैदानको झाडीमा भेटिएको थियो। शवको…
Read More
गायक अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ऋण निकाल्ने ५ जना पक्राउ

गायक अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ऋण निकाल्ने ५ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली लालपूर्जा बनाएर करोडौं ऋण लिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बाराको कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, नक्कली लालपूर्जा बनाएर पेस गर्ने काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधान रहेको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिएका छन्। उनीहरुले गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको खुलासा भएको छ। बैंकका कर्मचारीले नक्कली लालपूर्जाको आधारमा ऋण दिएको पाएपछि उनीहरुलाई पनि पक्राउ गरिएको डीआईजी सिंहले बताए। सिआइबीका अनुसार उनीहरुले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको…
Read More
यस्तो छ कार्तिक २४ गते बुधबारको राशिफल

यस्तो छ कार्तिक २४ गते बुधबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक २४ गते बुधबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ…
Read More
गृह जिल्ला पुगेर भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

गृह जिल्ला पुगेर भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

अछाम : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् । एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाई रहेको छ । उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा पनि जोड दिएका छन् । 'मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ', रावलले भने । उनले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताएका छन् । नेता रावलले…
Read More
बालिका बलात्कारको आरोपमा युवक पक्राउ

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

जनकपुरधाम । सिरहाकी ४ बर्षीय बालिकासँग जबर्जस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् । सोमबार साँझ सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित आँपको बगैंचामा ४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ६ बस्ने २० बर्षीय शेष कुमार महतो छन् । उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले कल्याणपुर नगरपालिकाको वडा नम्बर ११ स्थित मिलनचौकबाट पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका महतोलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Read More
ताइवानमाथि चीनको ज्यादती बढ्दै

ताइवानमाथि चीनको ज्यादती बढ्दै

काठमाडौं । चीनका सशस्त्र बलहरूले ताइवानका महत्त्वपूर्ण बन्दरगाह र विमानस्थललाई नाकाबन्दी गर्न सक्ने ताइवानको रक्षा मन्त्रालयले मंगलवार जनाएको छ । चीनबाट गम्भीर सैन्य खतरा आइलागेको भन्दै ताइवानले यो पछिल्लो मूल्यांकन गरेको हो । ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि चीनले बलप्रयोग समेत गर्न सकिने बताउँदै आएको छ । उसले ताइवान नजिक सैन्य गतिविधि पनि बढाउँदै लगेको छ । ताइवानको एयर डिफेन्स जोनमा लगातार युद्धविमानहरू उडाइरहेको छ । दुई दुई वर्षमा सार्वजनिक गर्ने प्रतिवेदनमा ताइवानको रक्षा मन्त्रालयले चीनबाट ग्रे जोन वारफेयर शुरू गरिएको जनाएको छ । पोहोर सालको सेप्टेम्बर महिनादेखि यस वर्षको अगस्टसम्म चिनियाँ युद्धविमानहरूले ५५४ पटक ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा…
Read More
चिनियाँ अधिकारीद्वारा अर्थमन्त्री तथा सभामुखसहितकाे टाेलीलाई भेट्न अस्वीकार

चिनियाँ अधिकारीद्वारा अर्थमन्त्री तथा सभामुखसहितकाे टाेलीलाई भेट्न अस्वीकार

काठमाडौं । तातोपानी–खासा नाकामा चिनियाँ अधिकारीहरुले नेपालका अर्थमन्त्री जनार्दन शर्मा र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटासँगको भेटवार्ता गर्न अस्वीकार गरेका छन् । अर्थमन्त्री र सभामुखसहितको टोली कार्तिक २२ गते टाटीपानी–खासा बिन्दुको भ्रमणमा गएका बेला चिनियाँ अधिकारीहरुले भेटवार्ता गर्न अस्वीकार गरेका हुन् । चिनियाँ अधिकारीहरुले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई भेटवार्ता गर्न अस्वीकार गरेपछि अपमान भएको छ । चिनियाँ अधिकारीहरूले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई अहिले कुनै भेटघाटको कार्यक्रम हुन नसक्ने बताएका थिए । चिनियाँ अधिकारीले बहाना बनाउँदै भनेका थिए,‘ वरिष्ठ अधिकारीहरु आधिकारिक टुरमा बेइजिङ्ग गएका छन्, त्यसैले कुनै भेटघाटको कार्यक्रम हुँदैन ।’
Read More
झाँक्रीको मन्त्रालयमा ठेकेदार सचिवको मनपरी, मन्त्रीलाई जानकारी नदिई अरबौंका बहुबर्षीय योजना स्वीकृत

झाँक्रीको मन्त्रालयमा ठेकेदार सचिवको मनपरी, मन्त्रीलाई जानकारी नदिई अरबौंका बहुबर्षीय योजना स्वीकृत

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई घरमै आराम गरिरहेकी छन् । निमोनिया देखिएपछि केही दिन वीर अस्पतालमा उपचार गराई घरमै आरम गरिरहेको बेला मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले अधिकारको दुरुपयोग गर्दै बहुवर्षीय योजनाहरु धमाधम स्वीकृत गरेका छन् । स्रोतको सुनिश्चितता नै नभई अरबौंका योजना उनले सदर गरेको मन्त्रालयका एक अधिकारीले बताए । मन्त्रीलाई जानकारी नै नदिई सचिव सिंहले मनपरी योजना स्वीकृत गरेको सूचना थाहा पाएपछि झाँक्री रुष्ट भएकी छन् । सहरी विकास तथा भवन विभागका महानिर्देशक नवराज प्याकुरलेसँग मिलेर सचिव सिंहले मनपरी ढंगले वहुवर्षीय योजना स्वीकृत गरेका छन् । महानिर्देशक प्याकुरेलले सचिव सिंहले भने अनुसार स्रोतको सुनिश्चितता…
Read More
भ्रष्टाचारको आरोप लगाउँदै शम्भु थापाले भने– प्रधानन्यायाधीशले करोडभन्दा घटी कुरै गर्दैनन्

भ्रष्टाचारको आरोप लगाउँदै शम्भु थापाले भने– प्रधानन्यायाधीशले करोडभन्दा घटी कुरै गर्दैनन्

काठमाडौं । वरिष्ठ कानून व्यवसायी शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । नेपाल बार एशोसिएसनद्वारा आयोजित न्यायपालिकाको संकट र निकास विषयक छलफल कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीशको भ्रष्टाचारविरुद्ध खुलेर बोल्न कानून व्यवसायीलाई आह्वान गरे । उनले प्रधानन्यायधीस ‘पैसामा लिप्त भएको’दाबी गरे । थापाले भने, ‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो । आर्थिक विचलनमा लिप्त हुनुभयो । हरिकृष्ण कार्कीको प्रतिवेदन पल्टाएर हेर्नुस् । कि त्यसका सत्प्रतिशत कुरा गल्ति छ भन्नुस्, होइन भने बोल्नुस् ।’ न्यायालय अहिले टुकुचाभन्दा बढी बिग्रिएको थापाले बताए । उनले भने, ‘बारका अध्यक्षले नै भन्नुभयो प्रधानन्यायधीश बिचौलियाको नाइके भनेर । त्यहाँ त करोड घटीको कुरै हुँदैन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.