गायक अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ऋण निकाल्ने ५ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली लालपूर्जा बनाएर करोडौं ऋण लिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बाराको कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, नक्कली लालपूर्जा बनाएर पेस गर्ने काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधान रहेको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिएका छन्।

उनीहरुले गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको खुलासा भएको छ। बैंकका कर्मचारीले नक्कली लालपूर्जाको आधारमा ऋण दिएको पाएपछि उनीहरुलाई पनि पक्राउ गरिएको डीआईजी सिंहले बताए।

सिआइबीका अनुसार उनीहरुले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको नक्कली लालपूर्जा बनाएर कर्जाका लागि कागजाता पेस गरेका थिए। बैंका ऋण अधिकृत र मूल्याङ्कनकर्ताले सोही नक्कली लालपूर्जाकै आधारमा १९ करोड ऋण दिएका थिए। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.