दुबई जाँदै गरेका ७६ नेपालीलाई मध्यराति एयरपोर्टबाटै फर्काइयो
काठमाडौं । दुबई घुम्न जाँदै गरेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। नेपाल वायुसेवा निगमको विमानबाट आइतबार राति काठमाडौंबाट दुबई जान लागेका उनीहरुलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको हो। ७६ जना नै ललितपुरको एक सहकारीका शेयर सदस्यहरु रहेका छन्। जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीको ७६ जनाको समूहलाई जहाज चढ्नुअघि अध्यागन कार्यालयले फर्काइदिएको हो। उनीहरू राति साढे ११ बजे दुबईका लागि उड्दै थिए। दुबई एक्स्पोमा भाग लिन काठमाडौंबाट दुबई जान लागेको उनीहरु बताएका छन्। तर भिजिट भिषामा शंका लागेपछि अध्यागमन विभागले उनीहरुलाई रोकेको हो। ती यात्रुहरू जनही १ लाख ७ हजार रुपैयाँको टुर प्याकेज किनेर दुबई जाँदै…