Year: 2021

कांग्रेसको महाधिवेशन आजदेखि : ओली, प्रचण्ड र माधव एउटै मञ्च ‘सेयर’गर्लान ?

कांग्रेसको महाधिवेशन आजदेखि : ओली, प्रचण्ड र माधव एउटै मञ्च ‘सेयर’गर्लान ?

काठमाडौं : सत्तासीन नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडाैंकाे भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनकाे उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेकाे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडाैं आइसकेका छन् । महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका…
Read More
पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घाेषणा गर्ने भएका छन् । पछिल्लाे पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसाे साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घाेषणा गर्न लागेका हुन् । राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन्।
Read More
कांग्रेस महाधिवेशनको सुरक्षा योजना : सादा पोसाकका प्रहरीदेखि कुकुरसहितको गस्तीसम्म

कांग्रेस महाधिवेशनको सुरक्षा योजना : सादा पोसाकका प्रहरीदेखि कुकुरसहितको गस्तीसम्म

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्देरबारदेखि सुरु हुँदैछ । देशभरबाट हजारौं नेता कार्यकर्ता र जनसहभागिता रहने भनिएको महाधिवेशनमा सुरक्षाको विषय महत्वपूर्ण छ । नेपाल प्रहरीले महाधिवेशनका लागि आवश्यक सुरक्षा योजना बनाएको छ । प्रमुख सत्तारुढ दलको महाधिवेशन भएको र उक्त पार्टीको सभापति नै प्रधानमन्त्री भएकाले कांग्रेस महाधिवेशनमा भीभीआईपी र भीआईपी उपस्थिति तुलनात्मक रुपमा बढी हुने भएकाले ज्यादा चुनौती रहन्छ । उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले जिम्मेवारी पाएको छ । कांग्रेस महाधिवेशनमा सुरक्षा रणनीति लगायका विषयमा हामी मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसँग कुराकानी गरेका छौं : कांग्रेस महाधिवेशन सुरु हुँदै छ, सुरक्षा व्यवस्था कस्तो मिलाइएको…
Read More
कांग्रेस नेतृत्व चयनमा सिटौला निर्णायक

कांग्रेस नेतृत्व चयनमा सिटौला निर्णायक

काठमाडौं । १३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो । प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह देउवा समूहसँग मिल्दा सिटौला पक्षको पोल्टामा नतिजा आएको थियो भने बाग्मती प्रदेशमा सिटौला समूहले देउवा समूहलाई सघाउँदा देउवा समूहको पक्षका उम्मेदवार सभापतिमा निर्वाचित बनेका थिए । यी सबै परिणामपछि संस्थापन समूहभित्र सिटौलालाई मिलाएर अघि बढ्न सभापति देउवामाथि दबाब बढेको छ । ‘सिटौलाजीको भूमिका १३औं महाधिवेशनमा पनि निर्णायक…
Read More
आज कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन, यस्ता छन् कार्यसूचीहरु

आज कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन, यस्ता छन् कार्यसूचीहरु

काठमाडौं । आज शुक्रबारबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ। उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ। सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ। उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ। महाधिवेशनस्थल पार्टीका झण्डा…
Read More
यस्तो छ मंसिर २४ गते शुक्रबारको राशिफल

यस्तो छ मंसिर २४ गते शुक्रबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । कर्कट (हि, हु, हे, हो, डा, डि,…
Read More
भारतको सहयोगमा सर्लाहीमा दुई विद्यालय भवन निर्माण

भारतको सहयोगमा सर्लाहीमा दुई विद्यालय भवन निर्माण

काठमाडौं । भारतको अनुदान सहयोगमा सर्लाहीमा दुई नयाँ विद्यालय भवन निर्माण भएको छ । कविलासी–२ पिपरियास्थित ‘बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय’ र लालबन्दी–१ नेत्रगंजस्थित ‘जनता माध्यमिक विद्यालय’ का नयाँ विद्यालय भवन निर्माण भएको हो । दूतावासका अनुसार करिब दुई करोड ३० लाख रुपैयाँमा ती भवन निर्माण गरिएको हो । काठमाडौंस्थित भारतीय राजदूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले ती भवनको उद्घाटन गरिन् । स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासीले उक्त उद्घाटन समारोहमा उपस्थिति रहेको थियो । श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र श्री जनता माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा…
Read More
कांग्रेस बागमती प्रदेश सदस्यमा रसुवाका तीन जना निर्वाचित

कांग्रेस बागमती प्रदेश सदस्यमा रसुवाका तीन जना निर्वाचित

रसुवा : नेपाली कांग्रेसको बागमती प्रदेश सदस्यमा रसुवाका तीन जना निर्वाचित भएका छन् । कांग्रेसको १४औं महावेशनअन्तर्गत भएको बागमती प्रदेशको अधिवेशनबाट रसुवाका तीन जना सदस्यमा निर्वाचित भएका हुन् । खुल्ला सदस्यमा भएको निर्वाचनमा नेपाली कांग्रेस रसुवाका नेता तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा ६ जनाका लागि १८ जनाको उम्मेदवारी परेको थियो । जसमा लम्साल ७५२ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा उनी तेस्रो स्थान रहेको बताइएको छ । त्यसैगरि बागमती प्रदेश सदस्यमा भूगोलतर्फ महिलाबाट शेषकुमारी अधिकारी र नेपाली कांग्रेस रसुवाका पूर्व सभापतिसमेत रहेका नेता लामाकार्पू तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
Read More
कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन् । २४-२७ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा ट्राफिक व्यवस्थापनकाे चिन्ता बढेकाे छ । बढ्दो सवारी चापले प्रभावित उपत्यकाको ट्राफिक व्यवस्थापन देशभरबाट तीन लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनका कारण थप अस्तव्यस्त हुने निश्चित छ । यस्तोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापनको योजना बनाएको छ । ट्राफिक व्यवस्थाका दुई मुख्य कुरामा एउटा जनशक्ति परिचालन र अर्को पार्किङस्थल हो । यी दुबै विषयमा ट्राफिक महाशाखा तयारीमा लागेको छ । महाधिवेशन स्थल वरीपरीको रुटमा प्रत्येक सिफ्टमा…
Read More
प्रकाशमानको आँगनमा रामचन्द्रको निराशा !

प्रकाशमानको आँगनमा रामचन्द्रको निराशा !

काठमाडौं : सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस यतिबेला महाधिवेशनमा केन्द्रित भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र इतरपक्ष यतिबेला आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व लिने दाउमा लागिरहेका छन् । महाधिवेशन सुरु हुन ४८ घण्टा भन्दा कम समय बाँकी रहँदा संस्थापन र इतर पक्ष सभापतिसहित पदाधिकारी चयनको टुंगोमा पुग्न सकेका छैनन् । सभापतिका लागि संस्थापन पक्षमा देउवाको विकल्पमा कसैले दाबेदारी प्रस्तुत नगर्दा इतर पक्षमा भने साझा उम्मेदवार छान्न सकस परेको छ । गत महाधिवेशनमा देउवासँगै पराजित रामचन्द्र पौडेल पुन: सभापतिमा उम्मेदवारी दिन चाहिरहेका छन्। तर, यसपटक देउवालाई पाखा लगाउन भन्दा उनलाई आफू पक्षधर नेताहरुलाई मनाएर सभापतिको उम्मेदवारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.